हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिको वार्षिक साधारण सभा सम्पन्न

Share this news

सोनादा,7 जुलाई(निसं): हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिको वार्षिक साधारण सभा संगठनका कार्यकारी सभापति ललित मुखियाको समाध्यक्षया सम्पन्न गरियो। सभालाई चन्दन लकान्द्रीद्वारा सञ्चालन गरिएको थियो। सभामा शिक्षकहरुको ई-पेन्सन, पीएफ, ई कार्यालय सम्बन्धमा, संगठनको गतिविधि एवं वार्षिक आय-व्याय र संगठनको नयाँ चुनाव सम्बन्धमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। सभामा वार्षिक बिदाई समारोहमाथि चर्चा परिचर्चा र अन्य विषयमा पनि चर्चा परिचर्चा गरिएको छ। सभामा पहिलो विषय विगत वर्ष एचटीपीटीएको गठन कालदेखि संगठनले ई-पेन्सन्, ई-पीएफ, ई-कार्यालय विषयमा जीटीए कार्यपाल तथा विभागसंग जोगाजोग गरेर विगत महिना उक्त कार्य सफल भएको जानकारी बोर्ड सदस्य किरण बरदेवाद्वारा सभामा गराइएको थियो। उनले यस ई-पेन्सन् र ई-पीएफको सुविधा प्राप्त गरेवापत अबको आउने दिनमा सबै सर-गुरुमाहरुले सुविधा प्राप्त गर्न सक्नेछन् साथै विगत दिनहरूमा सर गुरुमाहरुको अवकाशप्राप्त गरेवापत कुनै झमेला मोल्न पर्ने छैन भनी जानकारी सभामा गराएका थिए। ई-पीएफ पनि केही दिन मित्रमा शुरू गरिने पनि जानकारी गराए जसको फलस्वरूप आफूले पीएफमा कति पैसा छ र कति पैसा जम्मा भयो आफ्नो अनलाईन हेर्न सक्ने पनि जानकारी गराएका छन्। सभामा शिक्षक-शिक्षिकावर्ग संगठित हुन पर्ने अवस्था भएको भन्ने जानकारी संगठनका सचिव राजीव त्रिखत्रीले गराउँदै कतिपय विषयहरूलाई मध्यनजर राख्दा शिक्षक-शिक्षिकाहरुलाई विभागद्वारा हेलचेक्राइ गरिएको महसुस भएको बताए। यसोसले हामी शिक्षक-शिक्षिकाहरू संगठनमा संगठित हुन पर्ने नितान्त अवश्यक भएको जानकारी गराएका छन्। शिक्षक-शिक्षिकाहरूले आफूलाई के असुविधा भएको छ निर्धक्क संगठनलाई भनिदिने निवेदन पनि तिनले गरेका छन्। सभाम विगत वर्ष गरिएको आय-व्यायको हर हिसाब पनि सचिवद्वारा प्रस्तुत गरियो। विगत वर्ष संगठन सित जम्मा 1,45,500 रुपियाँ थियो भने कतिपय कार्यमा 1,44,638 रुपियाँ खर्च भएको र 862 रुपियाँ हातमा रहेको जानकारी सभामा गराइयो। विगत वर्ष गठन गरिएको सोनादा क्षेत्रीय संगठनका सभापति रोशन गुरुङको बिमारको कारण संगठनका कतिपय कार्यमा अनुपस्तिथि रहेका कारण कार्यकारी समापति ललित मुखियालाई मनोनित गरिएको थियो भने ललित मुखिया पनि आगमी सेप्टेम्बर महिनामा अवकाशप्राप्त हुने भएको कारण पुरानो कमिटि विघटन गरी नयाँ कमिटि गठन गर्नु पर्ने जानकारी केन्द्रीय समिति सदस्य प्रकाश राईद्वारा सभामा गराइयो। सभामा आगमी गठन गरिने संगठनका पदाधिकारीवर्गको निम्ति संगठनको सदस्य-सदस्याताको टिकट लिएकाहरूले मात्र संगठनको चुनावमा भाग लिन पाउने सभामा निर्णय लिइयो। उक्त सदस्यता ग्रहण गर्ने अन्तिम समय सिमा तोकि दिन पर्ने सुझाव पुष्कर गिरीले राखेका थिए भने उक्त विषयलाई मध्यनजर राख्दै आगामी अगष्ट महिनाभित्र चुनाउ गरिसक्नु पर्ने किरण वरदेवाले सुझाउ दिए। संगठनका कार्यलाई सठिक नजरले हेरेर अझ सशक्त बनाउन पर्ने साथै संगठनले गरेको कार्यलाई शिक्षक-शिक्षिकाहरुलाई पनि सुनाउन पर्ने जोर दिन्दै आगामी दिनमा संगठनको नयाँ कार्यकारिणी समिति गठन गरी अझ सशक्त बन्ने शुभकामना सभाध्यक्षद्वारा व्यक्त गरिएको थियो भनी जानकारी प्राप्त भएको छ।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त