प्राथमिक-शिक्षक-शिक्षिकाहररूको सर्विस बुक डे पालन

Share this news

खरसाङ , (निसं)ः गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभाग अन्तर्गत रहेका प्राथमिक शिक्षक-शिक्षिकाहरुको लागि आज सर्विस बुक डे पालन गरिएको छ। खरसाङ्को गिध्द पहाड़ क्षेत्रमा जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभाग प्रभारी सभासद राजेस चौहानको विशेष उपस्थितिमा प्राथमिक शिक्षक-शिक्षिकाहरुलाई लिएर सर्भिस बुक डे पालन गरिएको हो। यस अवसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको 13 वटै सर्कलका शिक्षक-शिक्षिकाहरुलाई लिएर सर्भिस बुक डे पालन गरिएको हो। यस अवसरमा प्राथमिक शिक्षक-शिक्षिकाहरुले आफ्नो-आफ्नेो सर्भिस बुक हेरेर सही गर्नुको साथै आफ्ने विवरण लिनको साथै विस्तृत जानकारी पनि संकलन गरेका छन्‌‍। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागका प्रभारी सभासद राजेस चौहानले 2022 मा जीटीए आएपछि जीटीए प्रमुख अनित थापाको निर्देशनमा प्राथमिक शिक्षक-शिक्षिकाहरुको विभिन्न समस्याहरु समाधान हेतु सर्विस बुक डे पालन गर्दै सबै कागज पत्रहरु तयार पार्ने कार्य गरिएको र सबैले आफ्नो सर्विस बुक हेरेर सही गरेको बताए। उनले विगत तीन वर्षदेखि प्राथमिक शिक्षक-शिक्षिकाहरुको सर्विस बुक अपटुडेट भईरहेको जानकारी गराएका छन्‌‍। राजेस चौहानले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, जीटीए प्रमुख अनित थापाको निर्देशनमा प्राथमिक शिक्षक-शिक्षिकाहरु र शिक्षाविदहरुलाई लिएर प्राथमिक शिक्षक-शिक्षिकाहरुको कागजपत्रहरु अपडेट गर्ने कार्य 2022 पछि गरिएको छ। विगत तीन वर्षदेखि यता प्राथमिक शिक्षक -शिक्षिकाहरुको सर्विस बुक सही भएर गएको छ। शिक्षक शिक्षिकाहरुले वर्षभरि नानीहरूको भविष्य निर्माणको लागि कार्य गर्छन्‌‍ अनि समाज बनाउन ठूलो योगदान दिईरहेका छन्‌‍। यो एक दिन शिक्षक-शिक्षिकाहरुको कागज पत्रहरु सठीक गर्ने दिन हो। यस दिन सबैले कागज पत्रहरु सठीक गरेर कसकोमा कति छ सबै बुझ्ने गर्छन्‌‍। जुन विगत तीन वर्षदेखि यता सठीक रुपमा चलिरहेको छ। तर तीन वर्ष अघि यस्तो थिएन। प्राथमिक शिक्षक-शिक्षिकाहरुको विभिन्न समस्याहरु विषयमा हामीले विगत तीन वर्षदेखि लगातार रुपमा कार्य गर्दै आईरहेका छौँ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त