भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनको कार्यालय भवनको शिलान्यास

Share this news

खरसाङ, (निसं): खरसाङ बस टर्मिनल छेउमा गोर्खा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनको निम्ति जीटीए प्रमुख कार्यपाल अनित थापाद्वारा भूतपूर्व सैनिकहरुले देशको लागि दिएको योगदानलाई कदर गर्दै कार्यालय एवम्‌‍ सार्वजनिक भवन बनाई दिने भएका छन्‌‍। यसै क्रममा 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पाको उपस्थितिमा विधिवत्‌‍ रुपमा पूजा-पाठ गरेर भवन निर्माणको शिलान्यास गरिएको छ। यस शिलान्यास कार्यक्रममा जलपहाड़ सैनिक कार्यालयबाट कर्णल अमित आश्रय पनि उपस्थित रहेका थिए भने खरसाङ नगरपालिका प्रशासनिक बोर्डका उपाध्यक्ष सुवास प्रधान, पञ्चायत समिति सदस्य दिनेश लामा साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रतिनिधिहरु, खरसाङ महकुमा युवा शक्ति अध्यक्ष प्रेमेन्द्र गुरुङ, भागोप्रमो केन्द्रीय सदस्य समीरदिप ब्लोन, कार्यकारी सदस्य प्रेम बम्जन, समष्टि नारी शक्ति अध्यक्षा सुष्मा मुखिया, महकुमा नारी शक्ति अध्यक्षा सविता कार्की, टाउन नारी शक्ति, अभिभावक संगठनका पदाधिकारीगण उपस्थित रहेका थिए। कार्यक्रममा गोर्खा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनका पदधिकारीगण र सदस्यहरु पनि उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त