वार्ड नम्बर पाँचको बाटोमा खाल्डा-खुल्डी रहेकोले जनसाधरण समस्यामा

Share this news

खरसाङ, 26 जुलाई (निसं)ः खरसाङ्को वार्ड नम्बर पाँचस्थित एचडीएफसी ब्याङ्कदेखि उकालो हिमाली रोडको ठूलो गोलाईसम्म जाने बाटोको भगतवीर झोड़ाको पूलदेखि माथि मरमति गर्न पर्ने माग उठिरहेको छ। यो बाटोमा रहेको भगतवीर झोड़ाको पूलदेखि माथि तेर्सो बाटो निस्कनेसम्मको अवस्था निकै खराब रहेको छ। यो बाटोको एक स्थानमा बरको रुखको जराले बाटोको भागलाई उचालेर भत्काइदिएको छ भने यहाँदेखि तलका स्थानमा खाल्डाहरू बनेको छ। यसको अतिरिक्त यो बाटोमा रहेको स-साना खाल्डाको कारण मानिसहरू हिँड़नलाई समस्या भइरहेको गुनासो छ। यो बाटोमा मानिसहरू हिँड़दा लड़ने गरेको स्थानीयहरूले बताएका छन्‌‍। केही दिन अघि यसै बाटोमा एउटा महिला लड़ेर घाइते बनेकी थिइन्‌‍। तिनको खुट्टाको हट्टी बाहिर निस्किएकोले तिनलाई खरसाङ महकुमा अस्पतालमा प्राथमिक चिकित्सा गरेपछि उत्तर बंगाल मेडिकल कलेजमा रेफर गरिएको थियो। स्थानीय सुदन सहले भने, यो बाटोको मरमति धेरै लामो समयदेखि भएको छैन। यहाँको भगतवीर झोड़ामा 6-7 वर्ष अघि पूल निर्माण गरिएपछि त्यहाँबाट निस्किएको ढुंगासम्म हटाइएको थिएन। यसै पूलको छेवैमा केही दिन अघि एकजना महिला लड़ेकी थिइन्‌‍। खाल्डमा तिनको खुट्टा पर्दा तिनी लड़ेकी थिइन्‌‍, तिनलाई लड़दा गम्भीर चोट लागेको थियो। यसरी अन्य मानिसहरू पनि यो बाटोमा लड़िसकेका छन्‌‍। विगतमा केही वर्ष अघि हामीले बाटोको मरमतिको निम्ति निवेदन गरेका थियौँ तर नगरपालिकाले रेलको जग्गामा पर्छ भनेर बाटोको मरमति गरेन। रेलको जग्गा भए पनि नगरपालिका क्षेत्र भित्रको बाटो हो, यसको मरमति गर्न पर्छ भन्ने हाम्रो माग छ। तिनले वर्तमानमा नगरपालिकाले बर्खाको समयमा बाटोमा ब्लिचिङ छर्नसम्म छोड़ेको बताउदै यो बाटोमा केही दिन अघि स्थानीय चर्चका सदस्यहरूले ब्लिचिङ छर्कने कार्य गरेको पनि बताए। टेकबीर बस्ती निवासी एक व्यक्तिले पनि आफू कामबाट दैनिक रातिको समयमा पैदल हिँड़ेर घर जान पर्ने बताउदै भने, रातिको समयमा यो बाटोमा हिँड़दा म पनि लड़ेको छु। राति यो बाटोमा अँध्यारो हुन्छ, त्यहीमाथि ठाउँ-ठाउँमा खाल्डा छ। मोबाईलको टर्च बालेर राति हिँड़न पर्छ। बाटोको राम्रोसित मरमति गरेर एउट स्ट्रीट लाइट लगाइएको खण्डमा हामी जस्ता पैदल हिँड़ने मानिसहरूलाई धेरै सुविधा हुने थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त