चिम्नी देवराली क्षेत्रका 1 सय 50 परिवारलाई तारपोलिन, कम्बर, साड़ी वितरण

Share this news

खरसाङ,  (निसं): जीटीएको 28 नम्बर खरसाङ समष्टिको मजुवा बस्तीमा सम्पन्न एक कार्यक्रममा क्षेत्रका विभिन्न गाउँका 1 सय 50 घरलाई सभासद्‌‍ श्याम शेर्पा अनि खरसाङ महुकुमा शासक विन्दावासी तेजा दिपकको बाहुलीबाट तारपोलिन, कम्बल र साड़ी वितरण गरियो। प्रथम चरणको कार्यक्रममा कलकत्ताको एउटा गैरसरकारी संस्थाद्वारा मजुवा गाउँमा 35 वटा सोलर लाईट प्रदान गरिएकोमा गैरसरकारी संस्थाप्रति एउटा धन्यवाद कार्यक्रम सम्पन्न गरियो। मजुवा गुम्बामा परिसरमा सम्पन्न यस कार्यक्रममा सभासद्‌‍ श्याम शेर्पा, महुकुमा शासक विन्दावासी तेजा दिपकको विशेष उपस्थिति रहेको थियो भने ग्राम पञ्चायत सदस्य सिमा थापा, खरसाङ पञ्चायत समिति सदस्य दिनेश तामाङ, भागोप्रमो नारी शक्ति अध्यक्षा सुष्मा मुखिया, सहसचिव ललिता थापा अनि अन्य पदअधिकारीहरूको उपस्थिति थियो। कार्यक्रममा क्षेत्रको निम्ति सोलर लाईफ प्रदान गरिएकोमा संस्थाका प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्दै खर्दा अनि फुलेको गुच्छा भेट गरेर, गाउँमा उदपादन गरिएको चियापत्ति प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रममा उक्त गैरसरकारी संस्थाद्वारा सभासद्‌‍ अनि महुकुमा शासकलाई स्मृति चिन्ह प्रदान गरियो भने गाउँको पक्षबाट खदा अनि फूलको गुच्छा प्रदान गरेर सभासद्, महकुमा शासक अनि गैरसरकारी संस्थाका प्रतिनिधिहरूलाई स्वागत जनायो। यस कार्यक्रमलाई अनिल राईले सञ्चालन गरेका थिए अनि कार्यक्रममा धन्यवाद ज्ञापन तेजमान तामाङले राखेका थिए। कार्यक्रममा बोल्दै गैरसरकारी संस्थाले प्रदान गरेको सोलर लाईट मजुवा क्षेत्रको विभिन्न स्थानमा जड़ान गरिएको, तीनवटा चित्रेमा, एउटा चारधुरेमा लगाएको सभासद्ले बताए। तिनले सोलर लाईट जड़ान गरेर राति बल्न थालेपछि सम्पूर्ण गाउँवासीमा खुशीको लहर छाएको छ बताउदै सबै मिलेर गाउँको विकास सल्लाह र मतोले गर्न सकिने बताए। दोस्रो चरणको कार्यक्रममा खरसाङ महुकुमा शासक कार्यलय त्राण विभाग तथा डिजास्टर म्यानेजमेन्ट विभागबाट महकुमा शासक विन्दावासी तेजा दिपक अनि सभासद श्याम शेर्पाले 1 सय 50 परिवारलाई तारपोलिन, कम्बल, साड़ी वितरण गरे। बर्खाको यस मौसममा क्षेत्रका आर्थिक अवस्था कमजोर रहेका मानिसहरूले विभिन्न समस्या भग्न परिरहेको जानकारी पाएपछि सभासद्‌‍ श्याम शेर्पाको अनुरोधमा आर्थिक स्थिति कमजोर भएका 1 सय 50 परिवारलाई तारपोलिन , कम्बल र साड़ी वितरण गरिएको हो भनी कार्यक्रममा जनाइयो। वितरण गरिएको समाग्री प्राप्त गर्नेहरू तीनमाईल बस्ती, चैतेपानी, सिमानाटार, देवराली, एनएसके, चिम्नी, मजुवा, चारधुरे, खुन्द्रुके, तितेनी बस्तीका मानिसहरू थिए। यसै कार्यक्रममा सभासद्, महुकुमा शासक अनि तिनीहरूको साथमा रहेको टोलीद्वारा मजुवा प्राइमेरी स्कूलको पनि भ्रमण गरियो। भ्रमणको अवधिमा स्कूलका शिक्षा-शिक्षिका अनि प्रधान अध्यपिकाद्वारा महकुमा शासक, सभासद्‌‍ अनि टोलीलाई स्वागत जनाइएको थियो। यस अवधि प्रधान अध्यापिका, सभासद्‌‍ अनि टोलीलाई प्रधान अध्यापिका अनि शिक्षक-शिक्षिकाहरूले स्कूलको समस्याको बारेमा अवगत गराएका थिए।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त