सर्दोङ लामा गाउँ युवा संघको हरियाली यात्रा

Share this news

गत 26 जूनदेखि सुरु गरिएको सर्दोङ लामा गाउँ युवा संघको “फूलबारी मिसन” नामक बिरुवा रोपनी कार्यक्रम आइतबार सफलतापूर्वक सम्पन्न गरिएको थियो। मानेबुङ देन्ताम क्षेत्रअन्तर्गत पर्ने सर्दोङ–लुङ्जिक ग्राम पंचायत एकाइका विभिन्न गाउँहरूमा क्रमश सञ्चालन गरिएको यस अभियानले सम्पूर्ण गाउँलाई हरियाली बनाउने उद्देश्य बोकेको छ।

“फूलबारी मिसन” कार्यक्रमको औपचारिक समापन गर्दै संघका सदस्य सबीर गुरुङले अभियानलाई अब 2029 सम्म निरन्तरता दिने लक्ष्य राखिएको जानकारी गराएका थिए। यस अभियानको मूल प्रेरणा सिक्किम राज्य सरकारद्वारा सञ्चालित वृक्षारोपण कार्यक्रमसँगै राज्यको स्वर्ण जयन्ती पचासऔं वर्षगाँठ मनाउने भावनासँग जोडिएको छ। कार्यक्रम अन्तर्गत प्रत्येक गाउँ, शैक्षिक संस्थान, निजी कार्यालय र सडक किनारहरूमा विभिन्न प्रजातिका बिरुवाहरू, र फूलहरु रोपिएका छन्। यसले वातावरण संरक्षणसँगै सामाजिक चेतना अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। कार्यक्रममा गेजिङ जिल्ला अन्तर्गत 03 मानेबुङ – देन्ताम पश्चिम क्षेत्रका विधायक सुदेस कुमार सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित रहे भने जिल्ला उपाध्यक्ष अनिता राई, क्षेत्र सभापति डिएन शेर्पा, युवा संयोजक राजमान गुरुङ, पूर्व विधायक दीपक गुरुङ, स्थानीय जनप्रतिनिधिहरू, गाउँवासी र युवा संघका सम्पूर्ण सदस्यहरूको उल्लेखनीय उपस्थिति तथा सक्रियता देखिएको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त