दुई जिल्लामा योगा दिवसमा योगाभ्यास

Share this news

दार्जीलिङ,21 जुन(निसं):प्रत्येक साल 19 जूनको दिन अन्तर्राष्ट्रिय योगा दिवसको पालन गर्दै यसै अनुरुप  भारत सरकारको मेरा युवा भारत अन्तर्गत दार्जीलिङ जिल्ला अनि कालेबुङ जिल्लामा पनि भव्य रुपमा अन्तराष्ट्रिय योगा दिवस पालन गरिएको जानकारी मेरा युवा भारतको डिप्टी डाइरेक्टर देवकुमार च्याटर्जीले  दर्पणलाई दिएका छन्। च्याटर्जीले बताए अनुसार, विशेष रुपमा दैनिक योगा गर्नाले मानिसको जिवनमा पुग्ने फाईदा अनि यसले मानिसको दीर्घ आयु अनि जिवनभर निरोगी बनाउन ठुलो सहयोग पुर्‍याउने गर्छ भन्ने जागरुकता विशेष गरेर अहिलेको युवा वर्गहरुमा जनचेतना फैलाउन अनि दैनिक योगा गर्ने अभ्यास गर्नु पर्ने सरकारको प्रमुख उद्देश्य रहेको हो। अन्तराष्ट्रिय योगा दिवस दार्जीलिङ जिल्ला मेरा युवा भारतको तत्वधनमा धोतरिया उच्च माध्यमिक विद्यालय अनि कालेबुङको सरकारी महा बिद्यालयमा पनि छात्र छात्राहरुलाई लिएर भव्य रुपमा पालन गरिएको जानकारी च्याटर्जीले दिएका छन्। जसमा सामूहिक रूपमा छात्र छात्राहरु अनि शिक्षकवर्गद्वारा योगा अभ्यास गरियो भने पछि कार्यक्रममा योगा सम्बन्धित विभिन्न सचेतनामुलक कार्यक्रमहरु पनि आयोजना गरिएको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त