शहिदहरुको सपना कहिले पूरा होला ?

Share this news

दार्जीलिङ,27 जुलाई(निसं): गोर्खाल्याण्ड आन्दोलनले धेरैको घर उजाड भयो त धेरैको सपनाहरु चकनाचुर यसैले त धेरैले आन्दोलनलाई अझसम्म सम्झनसम्म सकेका छैनन् । आन्दोलनले दिएको पीडाहरु भुल्न सकिरहेका छैन भनी पुराना घटनालाई आलो बनाउदै कैजले निवासी 1986 सालको गोर्खाल्याण्ड आन्दोलनकारी एक वृद्ध भन्छन्, यस्तै एक उदाहरण हुन दार्जीलिङ-पुलबजार खण्ड अधिनस्त कैजले ग्रामको लोवर सिरिसे निवासी शहिद जंगबहादुर राईलाई पीडित परिवार। उनीहरूले आन्दोलनको नाममा आफ्नो बाबा गुमाए। त्यस समय छोराहरुलाई खोज्न गएका निर्दोष जंगबहादुरले न त बुझेका थिए आन्दोलन न त पुगेका थिए रणभुमी, सधै हिड्ने गाउँकै बाटोमा हिडदा ज्यान जाला भन्ने सोचभए साच्चै जादैन थिए होला घरबाहिर उनी। घरको छहारी गुमाएको पीडा अझैसम्म राईका परिवारले भुल्न सकेको छैन।
आफ्नो बाबा जस्तै सकडौले ज्यान गुमाएको लगभग चार दशक पुगिसक्दा पनि जातिले नपाएको उन्मुक्तिमा आफू आफैमा खिचातानी भएको आफुले बुझेको जंगबहादुरको परिवारको बुझाई छ भने आफुहरुले सालमा एकपटक शहिदको रूपमा सम्झना वाहेक खासै केही नपाएको शहीद राईको परिवार दुखेसो पोख्छन्, उनीहरू भन्छन् शहिदको बुई चडी दागोपापदेखि  जीटीएसम्म आईपुग्दा धेरै नेताहरुले आफ्नो दुनु सोझ्याए त हामी भुइको भुईमै छौ। पटकपटक सहिद दिवसमा शहिदका परिवारको निम्ति केहि न केहि घोषण हुन्छ तर त्यो केवल बोलीमा सीमित छ। त्यो नत व्याहारिक बन्छ न त शहिदले साचेको सपनामाथि केही ठोस काम हुन्छ, हुन्छ त सहिदको नाममा राजनीति, यसरी दुखेसो पोख्छन् सहिद राईका परिवार सदस्यहरु।उनीहरु भन्छन्, यसका साथमा यो शहिद दिवस सबैले प्रण गर्दै शहिदको सपनालाई साकार पार्ने अनुरोध सबैमा गर्छन्। शहिद जंगबहादुर त केवल एक उदाहरण मात्रै हुन उनीजस्ता सयौं निर्दोष मानिसहरूले पहाडको कुना र कन्दराहरुमा आफ्नो ज्यान गुमाएर आन्दोलनको इतिहासको छायामा परेका छन्, तर उनीहरूको ज्यानले कतिको कदर पाए त्यो सर्वविदित छ। समग्रमा भन्ने हो भने आन्दोलनले गोर्खाहरु पहिचान दिलाउन केहि कामहरू गर्दै पहिले दागोपाप त पछि जीटीए जस्तो क्षेत्रीय व्यवस्थाहरु पहाडमा भित्र्याए पनि शहिदहरु सपनाप्रती भनेजस्तो उपलब्धि गर्न नसकेको बुझिन्छ।
गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो ज्यानको आहुती दिदै आउने भावी पिडिको सुन्दर भविष्य कोर्ने बलिदानीहरु सम्झने दिन 27 जुलाई शहिद दिवस हो। 27 जुलाईको दिन कालेबुङको डम्बर चौकमा भएको घटना थाहा नहुने गोर्खाहरु सायद विरलै होला। त्यो घटना त केवल औपचारिकता मात्रै हो त्यसभन्दा अधि अनि पछि पनि आन्दोलनले सैकडौले गोर्खाहरुलाई सुनौलो बिहानी देखाउने सोचमा आफ्नो ज्यानलाई बाजी लगाउन पछि परेनन्। त्यसताकका नेतृत्वले गरेको 1986 सालको आन्दोलनले रेकर्ड रूपमा 12 सय गोर्खाको ज्यान गयो, यो सरकारी संख्यादेखी बाहिर पनि धेरैले आफ्नो प्राण गुमाए। यसपछि 2007 सालदेखि सुरु भएको अर्को नेतृत्वको गोर्खाल्याण्ड आन्दोलनमा आइपुग्दा अझ शहिदको संख्या धेरै थपियो। विगत 1986 सालदेखि 2017 सम्म आउँदा गोर्खाले लडाइको रूपमा पाएको  होइन  धेरै गुमाएको इतिहास मात्र छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त