उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध सवा ३ करोडको भ्रष्टाचार मुद्दा

Share this news

काठमाडौँ — काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिन दिनेशप्रसाद यादवविरुद्ध सवा ३ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजनाअन्तर्गत गौरीघाटमा करारमा कार्यरत अमिन यादवविरुद्ध ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ बिगो कायम गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पदको दुरुपयोग गरी यादवले गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएपछि बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनीविरुद्ध अख्तियारले २०६३ भदौ ८ देखि २०८१ असार ३० सम्मको अवधिमा आर्जन गरेको चलअचल सम्पत्ति अनुसन्धानको दायरामा ल्याएको थियो । स्रोत नखुलेको सम्पत्तिलाई अख्तियारले बिगो कायम गरेको हो ।

सो अवधिमा यादवको वैध आय २ करोड ४२ लाख २० हजार ३ सय १ रुपैयाँ ३० पैसा देखिएको र ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसा ऋणात्मक रही गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको अख्तियारको भनाइ छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै बिगो बराबरको सम्पत्ति जफत गर्न अख्तियारले मागदाबी लिएको छ । गैरकानुनी सम्पत्तिबाट बढे–बढाइएको हाल कायम सम्पत्ति गर्न पनि अख्तियारले दाबी गरेको छ ।

यादवले सार्वजनिक पदमा रहँदा गैरकानुनी रुपमा आर्जन गरेको र सोबाट बढे बढाएको सम्पत्ति पत्नी अमृताकुमारी यादवका नाममा समेत राखेको भेटिएको छ । अख्तियारले अमृताकुमारीका नाममा राखिएको गैरकानुनी सम्पत्ति जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । पदमा रहँदा यादवले घुसलगायत लेनदेनबाट गैरकानुनी आर्जन गरेको पनि अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त