मध्यरातको भयानक हावा-बतासले सिंगतामा रुखले एक घर क्षति 

Share this news

दार्जीलिङ,21 जुलाई(निसं): वर्षाझरीको समय दार्जीलिङ पहाडमा भल-पहिरोको सन्त्रास भइरहेको बेला हिजो मध्यरातदेखी अचानक आएको पानीसंगै हुरी-बतासले दार्जीलिङ पहाडको जनजीवनमा अस्तव्यस्त बनाइदिएको छ।पहाडवासी यसरी असामयिक आएको हुरी-बतासको संकेत राम्रो होइन भनी बताउँछन् । दार्जीलिङ शहरदेखी लगभग 5 किलोमिटर दुरीस्थित सिंगताम चियाबारीको महत धुरामा गत रातीको भयानक हुरी-हुन्डरीले हेम्कुमार देवानको घरलाई रुख डलेर क्षतिग्रस्त बनाएको छ। घाटनाको समय परिवार घरभित्रै रहेको तर रुखले मानवीय नोक्सान नपुगेको राजा देवानले बताए। हिजो मध्यरातदेखि आएको हावा-पनीले दार्जीलिङ पहाडका विभिन्न क्षेत्रहरूमा क्षति पुराएको जानकारी रहेकोछ।

सिंगताम महतधुरामा रूख ढल्दा घर क्षतिग्रस्त, परिवार सुरक्षित रहेको जानकारी छ। थप जानकारी अनुसार, सिंगताम चियाबारी  महतधुरा स्थित हेमकुमार देवानको घरमा आइतबार बिहान लगभग 3 बजी आएको तीब्र हावा र वर्षाका कारण घर नजिककि ठूलो रूख ढल्दा घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। यस घटनामा घरको बाथरूम-देखी अन्य संरचना पूर्ण रूपमा क्षति भएको जानकारी प्राप्त भएको छ। सौभाग्यवश, घरमा बसोबास गर्ने सम्पूर्ण परिवार सकुशल रहेका छन्। दार्जीलिङ सदर-1 समष्टिका अध्यक्ष अमृत योञ्जन तुरुन्तै घटनास्थलमा पुगेर निरीक्षण गरे। घटनाको गम्भीरता बुझी अध्यक्ष योञ्जनले गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख अनित थापालाई जानकारी गराएका थिए। प्रमुख थापाले पीडित परिवारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिँदै घरको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएका छन्। स्थानीय प्रशासन र पार्टी प्रतिनिधिहरूको सहकार्यमा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रयास भइरहेको जनाइएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त