सडक मरमतीको कारण यातायात बन्द रहने

Share this news

मिनरल स्प्रीङ,13 जुलाई (निसं):गत लामो समयदेखि मरमतीको कार्य चलिरहेको आँपबोटे घट्टे गाउँ जाने सडकको आधार देवल, सुरक्षा देवलको मर्मत पश्चात आजदेखि सतह तथा भूई ढलाईको काम शुरू भएको हुनाले भोलिदेखि उक्त सडक भएर ओहोर-दोहोर गर्ने सम्पूर्ण वाहनहरुको निम्ति यातायात बन्द राखिने भएको कार्यसित सम्बन्धित ठेकेदार अनि स्थानीय समाजका प्रतिनिधिहरुले जानकारी गराएका छन्। ढलाई कार्य अवधिदेखि पन्ध्र दिनसम्म यातायातको कुनै पनि साधन उक्त मरमती कार्य भइरहेको सडक भएर आवागमन गर्न नदिन औं उक्त आवागमन निषेध मा स्थानीय गाउँ तथा समाजले पनि सहयोग पुर्याइदिनु पर्छ  भनी ठेकादार द्वारा पत्राचार गरिएको हुँदा सो पत्रको आधारमा स्थानीय समाजले पनि सहयोग पुर्याउँदै यातायात बन्द रहने विषय सबैलाई जानकारी दिइएको स्थानीय आँपबोटे गाउँ निवासी तथा आँपबोटे सुधार समाजका सचिव अनिल कुमार जिम्बाले जनाएका छन्। उक्त सडक भएर यात्रा गर्ने जनसाधारण तथा यात्रुहरुलाई पर्न गएकाे असुविधाको लागि  गाउँ समाजको पक्षबाट उनले क्षमा याचना गरेका छ्न्। विभिन्न स्थानका दुई चक्के,चार चक्के साना ठूला निजी, ट्याक्सी, पर्यटकीय वाहनहरु उक्त सडक भएर ओहोर-दोहोर गर्ने हुनाले सडक बन्द रहँदा सबैलाई प्रभाव पर्न जान्छ तथापि सडकको मरमती कार्य अनि सडकको अवस्थालाई विचारेर सम्पूर्ण वाहन चालक मालिक तथा जनसाधारणले सहयोग पुर्याइदिन भनी उनले आग्रह गरेका छ्न्। तकदाह, दवाईपानी बस्ती, लेबोङ हरसिहहट्टा लगायत अन्य क्षेत्रका वाहनहरु पनि यो बाटो भएर आउजाउ गर्ने  भएको हुनाले हाल मरमतीको कारण यातायात बन्द राखिने निर्णय भएको सम्पूर्णमा जानकारी गराउँदछौं भनी उनले थप बताएका छन्। कतिलाई अति आवश्यक परेको खण्डमा ट्रान्सीप गरेर यात्रा गर्न सक्नेछन् भनी पनि उनले जानकारी दिएका छ्न्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त