The parish day is observed with joy

पल्ली दिवस हर्षोल्लासका साथ पालन

Share this news

खरसाङस्थित सेन्ट पल द एपोस्टल चर्चले आफ्नो संरक्षक सन्तको पर्वको दिन, आफ्नो पेरिस दिवसलाई हर्षोल्लासका साथ मनायो। उत्सवको सुरुवात जून २६ देखि २८ सम्म त्रिद्युम प्रार्थना सेवाबाट गरिएको थियो, प्रत्येक दिन क्रमशः फरक-फरक पादरी: फादर सिलाश, फादर शमूएल राई (SDB), र फादर सिल्बानस लेप्चाको नेतृत्वमा गरिएको थियो।
पल्ली दिवसमा युकेरिस्टिक उत्सवको अध्यक्षता फादर पिटर जोङ लेप्चा (SJ), फादर केभिन मोक्तान (SJ), फादर रोशन मिन्ज (SJ), फादर डेभिड एक्का (SJ), र अल्फोन्स लेप्चा (एसजे),ले संयुक्त रूपमा गरेका थिए। फादर लिजो (VC) द्वारा मुख्य धर्मोपदेश प्रस्तुत गरेका थिए। सन्त पाउल को जीवनी , रूपान्तरण र आजको समय र परिस्थितिमा सेन्ट पलको सान्दर्भिकता मा जोड दिइएको थियो।
त्यसपछि, सेन्ट जोसेफ गर्ल्स स्कूलको हलमा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरियो, जसमा सुसमाचार-प्रेरित संगीत र नृत्य, कविता वाचन, र मेधावी विद्यार्थीहरू र विशिष्ट पल्ली वासीहरूको सम्मान प्रस्तुत गरिएको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त