थापाको धन्यवाद,आयोग परीक्षामा नेपाली भाषा वैकल्पिक विषयमा समावेश

Share this news

दार्जीलिङ,20 जुन(निसं): नेपाली विषयलाई पश्चिम बंगाल लोक सेवा आयोग (डब्लूबीपीएससी)-द्वारा सञ्चालित पश्चिम बंगाल सिविल सेवा (इएक्सइ) र अन्य परीक्षाहरूमा वैकल्पिक विषयको रूपमा समावेश गरिएकाेमा मुख्यमन्त्री ममता बनर्जीलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख कार्यपाल अनित थापाले धन्यवाद दिएका छन्। यसबारे थापाले भनेका छन्,पश्चिम बंगाल लोक सेवा आयोग (डब्लूबीपीएससी)-द्वारा सञ्चालित पश्चिम बंगाल  सिविल सेवा (इएक्सइ) र अन्य परीक्षाहरूमा नेपाली साहित्यलाई वैकल्पिक विषयको रूपमा समावेश गर्न अनुरोध गर्दै गत 2 जुनको दिन राज्यका मुख्यमन्त्री ममता व्यानर्जीलाई पत्रा पठाएको गरेको थिए। त्यस पश्चात मैले कोलकाता भ्रमण समय सम्बन्धित अधिकारी अनि विभागमा यस मुद्दालाई उठाएको थिए। त्यही पत्राचार अनि भेटघाटको प्रतिफल हो वर्तमान जारी नयाँ अधिसोचना। उन!भने, नेपाली विषयलाई पश्चिम बंगाल लोक सेवा आयोगको परीक्षामा वैकल्पिक विषयमा समावेश गरिनु नेपाली भाषी युवाहरुलाई न्याय दिनु ठान्छु। यसको निम्ति म मुख्यमन्त्री ममता व्यानर्जीलाई सम्पूर्ण नेपाली भाषी समुदायको तर्फबाट कृतज्ञता प्रकट गर्दछु।वर्तमान परिवेशमा कुनै पनि विषयको समाधान डाइलग-बाट नै हुन्छ भन्ने यो अर्को प्रमाण पनि हो। ठीक ठाउँमा मुद्दा लैजानु। सही निर्णय लिने नेतृत्व सामु मुद्दा राख्नु। कुरा बुझाउनु सक्नु। आजको दिनमा चाहिएको नितान्त आवश्यक कुटनैतिक विचार हो। डब्लूबीसीएस परीक्षाको तयारीमा रहेका गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन  क्षेत्र, डुवर्स अनि तराईका नेपाली विषयलाई बैकल्पिक विषय बनाउँनु चाहनेहरूलाई शुभकामना पनि दिदछु भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख कार्यपाल अनित थापाले भनेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त