Tarapati Upadhyay Essay Prize will be awarded

तारापति उपाध्याय निबन्ध पुरस्कार प्रदान गरिने

Share this news

इन्द्रेनी प्रकाशन, असमले आगामी वर्ष २०२६ देखि तारापति उपाध्यायका नाउँमा बर्षेनी एउटा राष्ट्रिय पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। ‘तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कार’ नाउँको उक्त साहित्यिक पुरस्कार भारतीय लेखकद्वारा नेपाली भाषामा लेखेको र भारतबाटै प्रकाशित भएको श्रेष्ठ निबन्ध कृतिको लागि रहने छ। विगत पाँच वर्षभित्र लेखेका कृतिहरूलाई मात्र यस पुरस्कारको लागि योग्य विवेचना गरिने छ भनेर इन्द्रेनी प्रकाशन, असमबाट जानकारी पाइएको छ। यस पुरस्कार प्रापकलाई एक स्मारक, अङ्गवस्त्र, यातायत खर्च मिलाएर २५,००० नगद राशि र यसका अतिरिक्त पाँच हजारभन्दा बढी मूल्यका पुस्तक रहेको एउटा ब्याग पनि उपहार दिइने छ भन्ने प्रकाशनको तर्फबाट थप जानकारी दिइएको छ। यो पुरस्कार हरेक साल १४ जुन उनको जन्म जयन्तीका दिन घोषणा गरिने छ र जुलाई महिनाको कुनै एक दिन एक भव्य कार्यक्रममा प्रदान गरिने छ। यथा समयमा भारतीय निबन्धकारहरूबाट इन्द्रेनी प्रकाशन, असमको ठेगानामा निबन्ध कृतिको आह्वान गरिने छ भन्ने प्रकाशनको भनाइ छ। हरेक सालको पुरस्कार अलङ्करण कार्यक्रममा उपाध्यायको साहित्यिक र सामाजिक योगदानको कुनै एक पक्षमाथि एउटा व्याख्यान पनि राखिने छ भनेर इन्द्रेनी प्रकाशनको तर्फबाट घोषणा गरिएको छ।
विगत १५ जुनमा भएको एक अनलाइन कार्यक्रममा उक्त घोषणा गरिएको हो। उल्लेखनीय के छ भने तारापति उपाध्यायको जन्म १९३२ सनको १४ जुनमा असमको वर्तमान विश्वनाथ जिल्लाको बाटुलेबिल भन्ने ठाउँमा भएको थियो र उनी पछि नोकरीको सिलसिलामा उदालगुडी आएर स्थायी बसोबास गर्न थालेका हुन्। दार्जीलिङमा शिक्षा ग्रहण गरेर असम फर्किएका उपाध्यायले अनेक आर्थिक कठिनाइहरू झेल्दै पछि असमबाटै स्नातकोत्तर शिक्षासम्म पूरा गरे अनि उदागुडी उच्चतर माध्यमिक विद्यालयका अध्यक्ष बने। असममा नेपाली भाषाको आन्दोलनलाई साङ्गठनिक रूप दिन उनको ठूलो भूमिका रहेको छ। उनैको प्रयासमा सन् १९७४ को अन्तिम दुई र ७५ को पहिलो दिन उदालगुडीमा अखिल भारतीय नेपाली भाषा समितिको केन्द्रीय अधिवेशन सम्पन्न भएको थियो। उपाध्याय सन् १९८६ देखि ९३ सम्म अखिल भारतीय नेपाली भाषा समिति असम राज्य शाखाका मूलसचिव थिए। पछि उनी भारतीय नेपाली राष्ट्रिय परिषदको केन्द्रीय कार्यकारिणी सदस्य पनि चुनिए।
बहुआयामिक प्रतिभाका धनी उपाध्याय एक समाज सङ्गठका अतिरिक्त एक अब्बल दर्जाका निबन्धकार, भाषाविद, शिक्षाविद, गीतकार अनि कुशल अनुवादक पनि थिए।
तारापति उपाध्यायको साहित्यिक योगदान हेर्दा उनले २५ वटा साहित्यकृतिको रचना र अनुवाद गरेको पाइन्छ भने उनले तीनवटा पुस्तक सम्पादन पनि गरेका छन्। उनी बहुभाषी साहित्यकार हुन् र नेपालीका अतिरिक्त उनले असमिया र अङ्ग्रेजी भाषामा पनि साहित्य कृति रचना गरेका थिए। सन् २०१० मा बङ्किम चन्द्र चट्टोपाध्यायको ‘आनन्दमठ’ उपन्यास अनुवाद गरेवापत उनलाई साहित्य अकादमी अनुवाद पुरस्कारले सम्मानित गरिएको हो। उनका प्रकाशित कृतिहरूले उपाध्यायलाई एक अब्बल दर्जाका निबन्धकारका रूपमा परिचित गराउँदछन्। यसैले उनका नाउँमा दिने पुरस्कार पनि निबन्धकृतिका लागि प्रदान गरिने छ भनेर घोषणा गरिएको छ।।

आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त