stop the atrocities

दुष्कर्महरूलाई रोक्न सबै अघि आउनुपर्ने आह्वान

Share this news

वर्तमान समयमा शहरी क्षेत्रमाभन्दा धेर ग्रामीण क्षेत्रहरूतिर हुने विभिन्न असामाजिक क्रियाकलाप तथा दुष्कर्महरूलाई रोक्न समाजका प्रत्येक सदस्यहरू अघि आउनुपर्ने आह्वान लङ्भ्यू परिवर्तन मुभमेण्टकी संयोजिका सेमिका लामाले गरेकी छन्। तिनले सोमवार खरसाङ अदालत परिसरबाट यस प्रकारको आह्वान गरेकी हुन्। गत केही दिनअघि दुधेमा दुइजना नाबालिगहरूमाथि भएको सामुहिक दुष्कर्मबारे दोषीहरूलाई कठोर सजायको मांग गर्न खरसाङ अदालत आएकी थिइन्। यसै अवधि तिनले विशेषगरी हाल ग्रामीण क्षेत्रहरूमा बारम्बार हुने गरेको यस प्रकारको दुष्कर्म अनि असामाजिक क्रियाकलापमाथि चिन्ता अनि दुःख व्यक्त गर्दै वास्तवमा यस प्रकारको घटनाबारे समाजमा सचेतना नआएको औ अधिक मात्रामा अवैध रुपले भित्रिरहेको नशालु पदार्थ विक्री वितरण तथा सेवनको कारणले पनि हो भनी जनाइन्। तिनले दुधेको घटना सम्बन्धमा जानकारी गराउँदै उक्त घटना अत्यन्तै अमानवीय अनि निन्दनीय रहेको जनाउँदै जहाँसम्म कानूनले पाँचना दोषी व्यक्तिहरूलाई मृत्यु दण्डको सजाय दिनुपर्ने माग गरिन्।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त