state level "Successful Principal" honours

राज्य स्तरीय “यशस्वी प्रधान” सम्मानले

Share this news

बोङ ग्राम पञ्चायत प्रधान रेजिना लेप्चा सम्मानित

गाउँस्तरको नेतृत्व र समुदाय सेवाको भव्य उत्सवस्वरूप अल्ट्राटेक यशस्वी प्रधान सम्मान २०२५ को समापन समारोह हायात रीजेन्सी, कोलकाता मा सम्पन्न भयो। अल्ट्राटेक सिमेण्ट र आनन्दबाजार पत्रिकाको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा पश्चिम बङ्गालका ग्रामिण सरकार व्यवस्थाका प्रायः ओझेलमा परेका नायकहरू ग्राम पञ्चायत प्रधानहरूलाई सम्मानित गरियो।

यो सम्मान समारोह राज्यभरका पाँच क्षेत्र बाट चरणबद्ध रूपमा गरिएको मूल्याङ्कन र छनोटको उपसंहार थियो। प्रत्येक क्षेत्रबाट २० जना ग्राम पञ्चायत प्रमुखहरूलाई उनीहरूको उत्कृष्ट कार्यक्षमता र समर्पणको आधारमा छानिएको थियो, जसबाट कुल १०० जना प्रदेशभरिका प्रधानहरूको अन्तिम सूची तयार पारिएको थियो। तीमध्येबाट २० जना प्रधानहरूलाई ‘यशस्वी प्रधान’ राज्यस्तरीय उपाधि प्रदान गरिएको हो, जसले नवाचार, सेवा भावना, र नेतृत्वदक्षताको उत्कृष्ठ उदाहरण प्रस्तुत गरेका थिए। सिलगढ़ी जोन प्रतिनिधित्व गर्दै कालेबुङ जिल्लाबाट तीन जना प्रधानहरू क्रमैले रेजिना लेप्चा बोङ ग्राम पञ्चायत, कालेबुङ-1 ब्लक, लेडेन शेर्पा अपर एच्छे ग्राम पञ्चायत, कालेबुङ–I ब्लक, सपना तामाङ काश्योङ ग्राम पञ्चायत, पेदोङ ब्लक, जोनल स्तरमा विजेता घोषित भएका थिए।
राज्यस्तरीय समापन समारोहमा रेजिना लेप्चा उत्कृष्ट २० मा समावेश भइ ‘यशस्वी प्रधान’ उपाधिबाट सम्मानित भइन्। स्थानीय पूर्वाधारको विकास, महिलाको सशक्तीकरण, र सार्वजनिक स्वास्थ्य प्रवर्द्धनमा उनले पुर्‍याएको योगदान उल्लेखनीय छ। कम अनुभव हुँदाहुँदै पनि उनले देखाएको समर्पण, निरन्तर प्रयास र जनसेवाको इमान्दार भावना उनका सफलताको मूलमन्त्र बनेका छन्।
समारोहमा बलियो सान र प्रभाव देखिएको थियो, जसमा भारतीय सिने जगतका प्रख्यात अभिनेता प्रोसेन्जित चटर्जी र भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरव गांगुलीले विजेता प्रधानहरूलाई पुरस्कार प्रदान गरे। उनीहरूको उपस्थिति ग्रामिण शासन प्रणालीको महत्वलाई मुलधारमा ल्याउने सन्देश बन्यो।
यस अवसरमा कालिम्पोङ जिल्लापाल बालासुब्रमण्य टी ले भने: “कालिम्पोङ जिल्लामा दुई दशकपछि पञ्चायत राज प्रणाली पुनः सञ्चालनमा आएपछि, यहाँका ग्राम पंचायत प्रमुखहरू उत्साहपूर्वक सेवा प्रवाहमा सक्रिय देखिएका छन्। केही प्रधानहरूले दिगो विकासका क्षेत्रमा विशेष मेहनत गर्दै उल्लेखनीय उपलब्धिहरू हासिल गरेका छन्, जसको सम्मान अल्ट्राटेक यशस्वी प्रधान पुरस्कारमार्फत गरिएको हो।”
उनी थप, “तीन जना प्रमुखहरूको सहभागितामध्ये रेजिना लेप्चाले अन्तिम विजेता बन्न सफल हुँदै सम्पूर्ण कालेबुङलाई गर्व गर्ने अवसर दिएका छन्। उनीहरूको प्रतिबद्धता र कार्यको प्रभाव साँच्चिकै प्रशंसनीय छ। अनुभवको कमी हुँदाहुँदै पनि उनीहरूको जनसेवा प्रतीको उत्साह र अथक प्रयासले यो उपलब्धि सम्भव भएको हो। उनीहरूलाई उज्ज्वल भविष्यको लागि शुभकामना दिन चाहन्छु र बोङ गाउँपालिका र सम्पूर्ण कालेबुङको हितमा उनीहरूको सेवा अझ प्रभावकारी होस् भन्ने कामना गर्दछु।”

उहाँले यस अवार्डमार्फत कालेबुङका सम्पूर्ण पञ्चायत निकायका सदस्य र कर्मचारीहरूको कठोर परिश्रमलाई उजागर गरिएको छ। यस खुशीको अवसरमा सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु, उनले भने।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त