सन्त जोसेफ्स स्कूल बन्यो ब्रदर एरिक मेमोरियल अन्तर्राष्ट्रिय क्विज च्याम्पियन

Share this news

दार्जीलिङ, 3 अगस्त(निसं):  दार्जीलिङको सन्त जोसेफ्स स्कूल, नर्थ पोइन्टले पाँचौ ब्रदर एरिक स्टुम मेमोरियल क्विज कम्पिटिसन आयोजना गर्‍यो। प्रतियोगितामा देश-विदेशका जम्मा 53 वटा स्कूलहरूले सहभागिता जनाएको थियो। एचएम आई-का प्राचार्य कर्णल रजनिश जोशीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्कूलका रेक्टर फादर स्टेन्ली भार्गीज, विभिन्न पाठशालाका प्रमुख, पूर्व वि‌द्यार्थी सङ्गठनका सदस्यहरु, पूर्व शिक्षकगण, ब्रदर एरिकका परिवार एवम् विभिन्न पाठशालाका शिक्षक शिक्षिका एवम् वि‌द्यार्थीवर्गको बाक्लो उपस्थिति रहेको थियो। शिक्षक‌द्वय महम्मद युसुफ अनि अशेष छेत्रीको संयोजकत्वमा आयोजित उक्त कार्यक्रम अत्यन्तै रोचक ढङ्गमा सञ्चालन गरिएको थियो। क्वीज मास्टर शुभम लाहोटी अनि उनका दलले सञ्चालन गरेको उक्त प्रतियोगितामा आठवटा स्कूल फाइनलमा प्रवेश गरेका थिए। जसमा सन्त जोसेफ्स स्कूल, नर्य पोइन्ट, गोथल्स मेमोरियल खरसाङ, विद्या विकास अकादमी दार्जीलिङ, विर्ता दिव्य ज्योति स्कूल सिलगढी, ओलिभिया इनलाइटेन इ‌ङ्लिस स्कूल सिलगढी, सन्त पल्स दार्जीलिङ, लिटल फ्लावर इङ्ग्लिस स्कूल, काठमाडौं नेपाल, लरेटो कन्भेन्ट दार्जीलिङ फाइनलमा पुगेका थिए ।6 स्तरीय तहमा सञ्चालित फाइनल प्रतियोगितामा प्रत्येक सहभागी विद्यालयहरुले आफ्नो दमदार प्रस्तुति दिएर कार्यक्रमलाई रोमाञ्चक बनाएका थिए। उत्साहवर्धक रहेको फाइनल खेलमा सन्त जोसेफ्स स्कूल नर्थ पोइन्ट विजयी बनेको छ। सम्पूर्ण सहभागी स्कूल प्रमुखहरुलाई सम्मान जनाइएको उक्त कार्यक्रममा सहभागी वि‌द्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरियो। कार्यक्रममा आजका प्रमुख अतिथि कर्नल रजनिश जोशीले सहभागी पाठशाला र वि‌द्यार्थीहरूलाई बधाई दिँदै ब्रदर एरिकको जीवनीबारे प्रकाश पारे। जीवनमा नयाँ चुनौती र नयाँ थोक जान्न सिक्नका लागि सदैव तत्पर रहनुपर्ने जनाउँदै जानका भोकाहरूले नै जीतको पगरी गुथ्छन् र उनीहरू नै सफलताको शिखर चुम्छन् भने। कार्यक्रममा दोस्रो उप-विजेता सन्त पल्स स्कूल, दार्जीलिङ, पहिलो उप-विजेता बिर्ला दिव्य ज्योति स्कूल, सिलगढी अनि विजेता दल सन्त जोसेफ्स स्कूल, नर्थ पोइन्टलाई प्रमुख अतिथि कर्नल रजनिश जोशी, स्कूलका रेक्टर फादर स्टेन्ली भार्गीज, सिनियर मास्टर मालकम छेत्री अनि ब्रदर एरिक परिवार पक्षबाट जुलियन रुदुम अन्यको बाहुलीबाट पुरस्कारका रूपमा नगद राशि, स्मृति-चिन्ह, पुस्तक, प्रमाण-पत्र आदि प्रदान गरियो। शिक्षक मोहम्मद युसुफले सञ्चालन गरेको कार्यक्रमलाई अशेष छेत्रीले धन्यवाद ज्ञापन गरेर कार्यक्रम समापन गरिएको एक विज्ञप्तिमार्फत जनाइएको छ।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त