6 माईल‌ झील-ले पुर्नजीवन पाउने संकेत

Share this news

दार्जीलिङ,11 जुलाई(निसं): विलुप्तिको संघारमा पुगेको 6 माईल‌ झील-ले लगभग दुई दशकपछि पुर्नजीवन पाउने संकेत देखापरेको छ। पोखरी बचाउ समिति अनि जोइण्ट म्यानेजिङ कमिटि (जेएमसी) -ले उठान गरेको यो महत्वकांक्षी संयुक्त प्रयासपछि अहिले देखापरेको पोखरीको पुन: स्वरुपले सबैमा काम गर्ने जोश एवं उत्साहको थप रक्त संचार गरिदिएको छ। 6माईल बजार अनि 7 माईल गढी देवी मन्दिरबीच सडक किनाराको यो प्राकृतिक झील जीर्णोद्धारको परियोजनापछि यो क्षेत्र अनि संलग्न ग्रामीण क्षेत्रमा विकसित भइरहेको पर्या पर्यटनले नयाँ गन्तव्य पाउन सक्ने र यसको भर स्थानीय रोजगार र अर्थनीतिमा बल पुग्ने जेएमसी अध्यक्ष विजय कुमार प्रधानले विश्वास व्यक्त गरेका छन्।
यसबीच हाल चलिरहेको पुर्ननिर्माण कार्यबीच हिजो बुधवार 6 माईल लेक परिसरमा विधिवत पूजाअर्चनाको धार्मिक अनुष्ठान गरियो। अविरल झरीको पर्वाह नगरी भेला भएका मानिसहरूले स्थानीय प्रजातिका माछाहरू पोखरीमा छोडेका छन्। यसको साथै मूल बाटो किनारा एकान्त ठाउँमा खडा यो प्राकृतिक लेक-को सुन्दरतासँगै स्वच्छता बनाइराख्न फोहोर, दिशा-पिसाबमुक्त राख्नुपर्ने उनले मानिसहरुसमक्ष अपिल गरेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त