सभासद छेत्रीद्वारा फ्रण्टलाइन वर्कस-हरुलाई आवस्यक सरसमाग्री प्रदान

Share this news

बिजनबारी, 4 जुलाई(निसं): निरन्तर रूपमा समाज सेवामा लागि परेका पुल-बिजनबारी-गोक समष्टि सभासद भुपेन्द्र छेत्रीले आफ्नो कोषबाट गोक-2 ग्रामका विभिन्न विभागहरुका फ्रण्टलाइन वर्कसहरुलाई आवश्यक सरसमाग्री वितरण गरे। गोक-2 ग्रामको पदेङ सार्वजनिक भवनमा  आयोजित कार्यक्रममा आशाकर्मी, आगनबाडी तथा भीभीडीसी लगायतका कर्मचारीहरुलाई बर्खामासमा चाहिने छाता संगै आशा कर्मीहरुलाई थर्ममिटर लगायतका स्वस्थ्य जाँच समाग्रीहरु वितरण गरे। यसका साथै आवस्यक परेमा सबैलाई थर्ममिटर लगायत सरसमाग्री वितरण गर्ने समेत उनले वचन दिए। आशा युनियन दार्जीलिङ जिल्ला समिति महासचिव ममता राईले संचालन गरिएको कार्यक्रममा सभासद भुपेन्द्र छेत्री साथै गोक-2 ग्राम पञ्चायत प्रधान एण्डुप लेप्चा, उपप्रधान रिञ्छेन लेप्चा लगायत ग्रामभरीका विभिन्न वार्डहरु कार्यरत आशा, आइसीडीएस, भीभीडीसी कर्मीहरुको विशेष रूपमा उपस्थित थियो। उनीहरुको उपस्थितिमा आवस्यक सरसमाग्रीहरु वितरण गरियो। कार्यक्रममा बोल्दै सभासद छेत्रीले समाजलाई स्वस्थ्य बनाउने कर्मीहरु पहिले स्वस्थ्य हुनुपर्छ भन्ने सगै निस्वार्थ रूपमा अत्यन्तै कम अनेरियम-मा काम गरेर ग्रामीण भेगमा सेवा पुर्‍याउने फ्रण्टलाइन वर्कस-हरुलाई सहयोग गर्नुपर्ने सोचको साथ आफुहरुले यो कार्यक्रम गरेको बताए भने समाजप्रति उनीहरूको मुल्यांकन सबैले गर्नुपर्ने बताए। अर्कोतिर यसरी आफुहरुलाई सम्झिएर आवस्यक समाग्री प्रदान गरेकोमा स्वस्थ्य कर्मीहरुको पक्षमा ममता राईले आभार प्रकट गरिन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त