सुवासको अकादमी विजयमा रिम्बिक क्षेत्र हर्षोलास

Share this news

दार्जीलिङ, 20 जुन(निसं): साहित्य अकादमी दिल्लीले यस बर्षको साहित्य अकादमी युवा पुरस्कार रिम्बिक क्षेत्रका कवि सुवास ठकुरीलाई प्रदान गरिने भएको समाचारले क्षेत्रमा उत्साह छाएको छ। रिम्बिक- लोधोमा समष्टिका सभासद नोर्देन शेर्पाले एक प्रेस बिज्ञप्ति जारी गर्दै पुरस्कार प्रापकलाई बधाई दिएका छन्। उनले आफ्नो विज्ञप्तिमा समाचारले आफू हर्षित बनेको उल्लेख गरेका छन्। उनले भनेका छन् , कवि सुवास ठकुरीले भारतमा साहित्यको सर्वोच्च पुरस्कार पाएको समाचारले गदगद बनेको छु। रिम्बिक क्षेत्र कृषिको निम्ति मात्रै होइन अब साहित्य सृजनाको क्षेत्रमा पनि उर्वर बन्दै आएको छ। शेर्पाले सुवासको साहित्यप्रतिको रुचि अनि समर्पणलाई सम्मान गर्दै युवा पिढीले यसरी नि:स्वार्थ साहित्यको सेवा गर्न तत्पर बन्न उत्साहित गरेको बताएका छन्। शेर्पाले रिम्बिक क्षेत्रमा साहित्य फस्टाउनु भनेको समाज अग्रगामी बन्नु हो भन्दै स्वतन्त्र साहित्य लेखनलाई आफुले सदैव प्रेरित गरेको बताएका छन्। उनले साहित्यले समाज अनि राजनीतिलाई दिशानिर्देश गर्नपर्ने मन्तव्य पोख्दै ठकुरीको जूनको आशु- कविता संग्रह  बलियो किताब रहेको बताए। यो उपलब्धि केवल सुवास ठकुरीको मात्रै होइन तर सम्पुर्ण रिम्बिकवासीको हो भन्दै सम्पूर्ण रिम्बिकवासीलाई गर्व गर्ने मौका सुवासले प्रदान गरेको बताए। यसका साथै शेर्पाले सुवासको कलम निरन्तर चलिरहोस भनी कामना समेत गरेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त