बाइपास रोड खोलाउन मरमत्तिको कार्य गरिँदै

Share this news

खरसाङको सुधपा टोलमा गत 8 अगस्तमा गएको पैह्रोले बन्द रहेको बाइपास रोड खोलाउन मङ्गलबारदेखि मरमत्तिको कार्य थालिएको छ। केही दिनदेखि लगातार रुपमा परिरहेको पानी झरीले गर्दा खरसाङको सुधपा टोलमा रोड प्वाल परेपछि कल्भर्ट बन्द भएपछि बाइपास रोड बन्द भएको थियो। उक्त रोड खोलाउन जीटीए प्रमुख अनित थापाको निर्देशनमा थालिएको हो। यस रोडको मरमत्तिको कार्य शुरु भएकोले यो रोड खोलाउन अझै केही समय लाग्न सक्ने क्षेत्रीय सभासद श्याम शेर्पाले जानकारी गराएका छन्। यस रोडको मरमत्तिको कार्य थालिएको विषयमा सभासद शेर्पाले चालकहरुलाई पर्न गएको असुविधाप्रति खेद प्रकट गर्दै यो रोड खोलाउन केही समय लाग्ने हुनाले चालकहरुलाई धैर्य धारण गरिदिने निवेदन गरेका छन्। उनले जनताको असुविधालाई हेरेर रोड मरमत्तिको कार्य शुरु गरिएको जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त