रविविरुद्ध खनिए प्रधानमन्त्री : सहकारीको करोडौं चट बनाउने, ठूलो कुरा गर्ने ?

Share this news

चितवन — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा सदस्यले फेसबुकमा लेख्दा पार्टीमा अनावश्यक समस्या आउने बताएका छन् । पार्टीको भरतपुर महानगर समितिको शुक्रबार दोस्रो अधिवेशन उद्घाटन गर्दै ओलीले फेसबुकमा जे पायो त्यही लेख्दा समस्या हुने बताएका हुन् ।

‘पार्टीका पक्षमा बोल्ने लेख्नेभन्दा पनि कतिबेला के मन लाग्छ त्यही कुरा फेसबुक स्टाटसमा फ्यास्स राख्ने कुरा समस्या बन्दै गएको छ,’ ओलीले भने । उनले कमिटी पद्धति र अनुशासनमा नबस्ने कुराले पनि समस्या ल्याएको बताए । ‘समस्या जनतामा हामी पुग्ने कुराको कमी हुनुमा छ । पार्टीको विचार लिएर एकताबद्ध भएर जनतामा जाने कुरामा कमी छ,’ ओलीले भने ।

उनले पार्टीको विरोध गर्नेहरू एउटै ल्यापटप लिएर एउटै मान्छेले सामाजिक सञ्जालमा हजारौँ आक्रमण गरिराखेको पनि बताए । ‘यो एआईको जमाना हो । यो जमानामा यस्ता खेलहरू हुन्छन् । पाँच/सात जना बसेर त्यहाँबाट कम्प्युटरको खेल मात्र भएको छ । पैसा विदेशी, खेल विदेशी काम गर्ने कारिन्दा यहाँका मात्रै भएका हुन्,’ ओलीको भनाइ थियो । उनले एकता, एकीकरण गर्दै पार्टीलाई लगभग दुई तिहाईको अवस्थामा पुर्‍याएको बताए । ‘तर मतिभ्रष्टहरूले पटक-पटक पार्टी फुटाए, अहिले उनीहरू पुपुर्रोमा हात राखेर बसेका छन्,’ ओलीले भने ।

सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ परेपछि चितवनमा उनीविरुद्ध भएको पुत्ला जुलुसप्रति लक्षित गर्दै ओलीले भने, ‘केपी ओली मर्‍यो भनेर लाश बोकेर चितवनमा हिँडेको देखेको थिए । परालसराल के-के राखेर केपी ओली बोक्याछौं भने । केपी ओली बोक्याछौ या छैनौ आगामी दिनमा देख्दै जाने छौं । कहाँ को पुग्दो रहेछ हेर्दै जाऊ । हामीले लानै पर्दैन आफैं जाने छन् ।’

उनले सहकारीको रकम खानेले नै चर्को बोल्ने गरेको बताए । ‘भित्रभित्र सहकारीको करोडौं चट बनाइदियो । बाहिर-बाहिर ठूलो कुरा गर्ने जस्तो तमासा हामीलाई गर्नु छैन । करोडौं खाएर पनि फेरि म निर्दोष छु भनेर कराउने कत्रो आवाज हो । खाने बेलामा आँखा नदेख्ने अनि, भन्ने म निर्दोष छु फसाइयो,’ प्रधानमन्त्री ओलीले भने ।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त