मिनरल स्प्रीङमा कृषि सहुलियत सम्बन्धी जनचेतन  शिविर

Share this news

मिनरल स्प्रीङ 2 अगस्त (निस): धेरै जसो कृषकहरू जानकारीको कमीले गर्दा सरकार प्रदत्त कृषि आधारित विभिन्न योजना तहत प्रदान गरिने सहुलियत तथा लाभ पाउनदेखि वञ्चित छन् भने अर्कोतिर कृषकहरूकोमा सरकारी योजना अन्तर्गत प्राप्त गर्न सकिने सहुलियत प्राप्तिको निम्ति गरिनुपर्ने आवेदनको निम्ति चाहिने आवश्यक दस्तावेज तथा कागजपत्र नहुँदा अनि भएका कागजपत्रमा पनि त्रुटि भएको हुँदा कृषकहरूले सरकारी योजनाबाट समूचित लाभ उठाउन सकिरहेका छैनन् भन्नेबारे जागरुक गराउदै मिनरल स्प्रीङमा कृषि सहुलियत सम्बन्धी जनचेतन शिविरको आयोजना गरियो।
यस सन्दर्भको जानकारी अनुसार, दार्जीलिङ- पुलबजार खण्ड अधीनस्थ रहेको दवाईपानी ग्राम पञ्चायत क्षेत्रका कृषकहरूको अनि कृषि क्षेत्रको रूपमा रहेको दवाईपानी ग्राम पञ्चायत क्षेत्रका कृषकहरूसित  भएको जमीनको पट्टामा जमीन वर्गीकरण विषयमा त्रुटि रहेको हुनाले यो समस्या देखिएको छ। शिविरको जानकारी अनुसार, गत दिनमा जमीनको वर्गीकरण सम्बन्धित रहेको त्रुटि तथा भूललाई सुधार्ने अथवा संशोधन गरिने कार्य पनि गरिएको हो साथै यस अनुरूप कतिपय कृषकहरूले संशोधित जमीनको पट्टा पनि प्राप्त गरिसकेका छन् भने कृषि सम्बन्धित विभिन्न योजनाको लाभार्थी पनि बनिसकेका छन्।तरै पनि अझै धेरै संख्यामा यस्ता कृषकहरू छन् जसको जमीनको वर्गीकरण संशोधन गरिन आवश्यक छ। यहाँका वासिन्दाहरूले सन् 1983-84 सालमा बन्दोबस्त दलील पत्रको नाममा जमीनको पट्टा प्राप्त गरेका थिए भने 2004-05 मा खतियान संख्या प्राप्त गरे त्यसपछि समय सापेक्षित रूपमा जमीनको सम्पूर्ण विवरण कम्प्युटरमा हालिने कार्य भए पश्चात स्थानीय मानिसहरूले गत 2011 सालमा सीसीसी अर्थात् सर्टिफाइड कम्प्युटराइज्ड कफी-को रूपमा जमीनको पट्टा प्राप्त गरे। यसरी जमीन सम्बन्धित सम्पूर्ण विवरण कम्प्युटर-मा हालिने कार्य भए पश्चात कृषकहरूको हातमा भएको पट्टामा र कम्प्युटरमा रहेको जमीनको वर्गीकरणमा अन्तर रहेको देखियो जतिबेला कृषकहरूले दैलो सरकार शिविर कार्यक्रममा कृषि योजनाको सहुलियत प्राप्त गर्नको निम्ति आवेदन गरे। यसरी जमीनको पट्टाको वर्गीकरणमा भएको त्रुटीले गर्दा चाहेर पनि धेरै कृषकहरूले उक्त योजनाको लाभ उठाउन सकेनन्। त्यसपछि स्थानीय सचेत व्यक्तिहरुको सक्रियतामा पट्टामा देखिएको उक्त त्रुटिलाई संशोधन गरिने कार्य भयो भने यसमा भूमि अनि भूमि सुधार विभागले पनि सकारात्मक पदक्षेप लिएर स्थानीय कृषकहरूलाई ठूलो सहयोग पुर्याएको छ। यद्धपि अझै पनि धेरै संख्यामा कृषकहरूको जमीनको पट्टा संशोधन गर्न बाँकी नै छ। कतिपय कृषकहरूको हातमा भएको पट्टामा जमीनको वर्गीकरण खेती जमीन, आवादी भनी उल्लेखित रहे पनि कम्प्युटरमा हेर्दा झोडा, खोला भनी उल्लेख रहेको हुनाले गर्दा अनलाईन आवेदन गर्दा आवेदन अस्वीकार भएको कृषकहरू बताउँछन्।यही समस्याहरूलाई लिएर अनि कृषकहरूलाई सरकार द्वारा प्रदान गरिएको कृषि आधारित विभिन्न योजनाहरूबारे जानकारी दिन लाभ उठाउन प्रोत्साहित तुल्याउन हिजो दवाईपानी ग्राम पंचायत अन्तर्गत सुमन धुरा गाउँमा स्थित सार्वजनिक भवनमा एक जनचेतना शिविर सम्पन्न भयो। दवाईपानी ग्राम पंचायतका प्रधान अशोक मुखिया, पञ्चायत सदस्य सुजन पहरी, दिपराज राईको उपस्थिति रहेको शिविरमा लेबोङ मिनरल स्प्रीङ मौजा भूमि दस्तावेज संशोधन समितिका सभापति नरेन राई, सचिव दुरज राई पनि उपस्थित थिए।नरेन राईद्वारा सञ्चालिक उक्त जनचेतना शिविर मा स्रोत व्यक्तिको रूपमा कृषि सह- निर्देशक दार्जीलिङका युनिस लेप्चा, कृषि सह- निर्देशक विश्व ब्याङ्क परियोजना दार्जीलिङका पार्थ रोय, कृषि सह निर्देशक बिजनबारीका अभिनय बाग्दास, खण्ड तकनीकी प्रवन्धक एटीएम बिजनबारीका मिङमा शेर्पा उपस्थित थिए। उक्त जनचेतना शिविरमा कृषि अधिकारीहरुले स्थानीय मानिस तथा कृषकहरूलाई कृषि सम्बन्धित विभिन्न योजनाहरूबारे  साथै आवेदन गरिने तरिका आवश्यक कागजपत्र आदि बारेमा सबिस्तार जानकारी दिएका थिए। जमीनको सठीक वर्गीकरण नभएका कृषकहरू जसको पट्टामा, झोडा,झोडी, खोला, आबादी आदि भनी उल्लेख गरिएकोछ उनीहरूले पनि आगामी दिनहरुमा हुने दैलोमा सरकार शिविरमा गएर आवश्यक कागजपत्र सहित कृषि सहुलियत प्राप्तिको  निम्ति आवेदन फारम भरेर बुझाउने सल्लाह सुझाव दिएका छन् भने भूमि सुधार विभागको सहकार्यमा स्थानीय कृषकहरूको जमीन सम्बन्धित समस्या समाधानको दिशामा पनि कार्य गरिने बताइएको छ। यसको निम्ति विभागको तर्फबाट स्थानीय मानिसहरूलाई आवेदन फारमको प्रतिलिपि पनि प्रदान गरिएको छ। लेबोङ मिनरल स्प्रीङ मौजा अन्तर्गत तीनवटा ग्राम पंचायत क्रमैले लेबोङ भेल्ली एक, दुई र दवाईपानी ग्राम पञ्चायत रहेको हुनाले साथै लेबोङ भेल्ली एक र दुईमा पनि यस्तै समस्याहरू रहेको हुनाले आगामी दिनमा उक्त क्षेत्रमा पनि जनचेतना शिविर आयोजना गरिने भएको अधिकारीहरुले जनाएका छन्। बिहिबार सम्पन्न शिविरमा उपस्थित सम्पूर्ण अधिकारीवर्गलाई लेबोङ मिनरल स्प्रीङ मौजा भूमि दस्तावेज संशोधन समितीको पक्षबाट सभापति नरेन राईले आभार प्रकट गरेका छ्न् भने सम्पूर्ण विषयलाई समेटेर दवाईपानी ग्राम पञ्चायत प्रधान अशोक मुखियाले पनि सम्बोधन गरेका थिए।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त