Gurukul Ashram

गुरूकूल आश्रममा सम्वर्द्धना कार्यक्रम आयोजित

Share this news

खरसाङको सर्वोदय गुरूकूल आश्रम अनि गुरूकूल ग्राम सुधार समितिको संयुक्त आयोजनामा शुक्रबार गुरूकूल आश्रममा एक सम्वर्द्धना कार्यक्रम आयोजना गरिएको थियो। विशेष गरी गुरूकूल ग्राम निवासी पिता गणेश प्रधान अनि माता इन्द्रकला प्रधानकी छोरी रीना प्रधानले बडी बिल्डिङ प्रतियोगिताको महिला वर्गमा प्रथम उत्कृष्ट विजेता बनेर च्याम्पियन अफ द च्याम्पियन बनेकोमा उनलाई सम्बर्द्धना जनाइयो। त्यसरी नै यसै ग्राममा विक्रम शर्मा दाहाल अनि नेत्र शर्मा दाहालका छोरा अनन्त शर्मा दाहालले वर्ष 2024-25 को मिजोराम विश्वविद्यालयबाट भौतिक विज्ञानमा स्वर्ण पदकसहित स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेकोले उनलाई पनि सम्बर्द्धना जनाइयो भने यसै ग्राम निवासी नगेन्द्र नारायण प्रधान अनि यशोदा प्रधानकी छोरी डा० नयनिका प्रधानले गुरुनानक इन्स्टिच्युट डेण्टल साइन्स एण्ड रिसर्च (डब्ल्युडीडीसी) कलकत्ताबाट गत वर्ष दन्त चिकित्सामा डिग्री हासिल गरेकोमा उनलाई पनि सम्बर्द्धना जनाइयो। तीनै जनालाई समारोहका मुख्य अतिथि रामजीत लामा अनि केबी प्रधान लगायत उपस्थित सर्वोदय गुरूकूल आश्रम अनि गुरूकूल ग्राम सुधार समितिका प्रतिनिधि अनि सदस्यहरूको बाहुलीबाट सम्बर्द्धना पत्र अनि उपहारहरू प्रदान गरेर तथा शाल अनि खदा लगाएर सम्बर्द्धना जनाइयो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त