पेमा छ्योइलिङ गुम्बामा पनि आज पूजा अर्चना सम्पन्न 

Share this news

मिनरल स्प्रीङ, 10 अगस्त(निसं): शनिबार रक्षा बन्धन,जनै पूर्णिमा, गुरु पूजा साथै क्वाँटी खाने पर्व।यी सबै पर्वको आ-आफ्नो महत्व र विशेषता रहिआएको छ।आ आफनो संस्कृति धर्म परम्परा अनुसार मानिसहरूले यी पर्वहरू मनाउँदै आइरहेका छन्। हिन्दू अनि बौद्ध धर्मावलम्बीहरूले आजको दिन मन्दिर, गुम्बामा पूजा आजा गरी सुख शान्ति समृद्धि सुस्वास्थ्य दिर्घायु भाइचारा आदिको कामना राख्ने गर्छन् भने ईश्वर तथा भगवान प्रति आस्था अनि विश्वास समर्पित गर्ने गर्छन्।यसै क्रममा आज दवाईपानी बस्ती स्थित पेमा छ्योइलिङ गुम्बामा गुम्बा संन्चालन समिति अनि म्हाणीपा संघद्वारा विशेष पूजा अर्चना गरिएको उक्त गुम्बाका प्रमुख लामा वाङदी रूम्बाले जानकारी दिएका छ्न्।छो छ्युमी वाङ वितरण आदि द्वारा सम्पन्न आजको पूजामा बौद्ध धर्मावलम्बीहरू तथा म्हाणीपाहरू द्वारा महिना व्यापी रूपमा गरिने बज्र गुरू जप पनि अभिषेकसहित समापन भएको उनले बताएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त