भानु जयन्तीको असारमा चित्रकार उपहारलाई सम्मान

Share this news

पेशोक-तकदाह, 15 जुलाई (निसं): साँझा साहित्य संगीत कला मञ्च-ले 211 वाँ भानु जयन्तीको अवसरमा तकदाह क्लब साइड निवासी युवा चित्रकार उपहार छेत्रीलाई स्मृति चिन्ह अनि दोसल्ला भेट अर्पण गेरर सम्मान जनाइयो। त्यसरी नै अर्का चित्रकार प्रेमदोर्जे शेर्पालाई पनि मञ्चले सम्मान जनाइएको मञ्चले बताएको छ। मञ्चले जानकारी गराए अनुसार, मञ्चका अध्यक्ष एटी लामाको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमवीच उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा तकदाह सेन्ट मेरिज विद्यालयका प्राचार्य फादर राफेल मुख्य अतिथिको रूपमा उपस्थित थिए भने मञ्चका सदस्य दिनेश छेत्रीले सञ्चालन गरेको कार्यक्रममा पूर्व शिक्षक भीम प्रधानले चित्रकारद्वयको परिचय प्रस्तुत गरेका थिए। स्वर्गीय किरण छेत्री अनि पवित्र लेप्चाको कान्छा सुपुत्र हुन् सम्मानित युवा चित्रकार उपहार छेत्री अति नै सुभद्र स्वभाव, छेत्रीको बढ्दो चित्रकारिताको गुणलाई हेरेर मञ्चले सम्मानित गरेको आयोजक समितिले बताएको छ। मञ्चको भनाइ छ, उनले बनाएका चित्रहरू प्रायः उत्कृष्ट छन् भने निकट भविष्यमा चित्रकारिताको क्षेत्रमा उपहार छेत्रीले आफ्नो छुट्टै पहिचान बनाउँन सक्नेछन् भन्ने कुरामा दुईमत नहोला। यस्ता युवा प्रतिभाहरूलाई गाउँ समाज मात्र होइन तर क्षेत्रीय सरकार पक्षले पनि संरक्षण र संवर्द्धन गरिनुपर्छ भन्ने मञ्चको सोंच रहेको बताईएको छ। शैक्षिक योग्यताको आधारमा  उपहार छेत्रीले सिभिल इञ्जिनियरिङमा डिप्लोमा (पालट्यक्निक) अनि प्रथम दर्जामा नै बीटेक पनि गरेका छन्। यस्ता शिक्षित युवा चित्रकार उपहार छेत्रीलाई अझैं सबैको ठूलो हौशला,माया र आशीर्वादको आवश्यकता छ। हाल उनको चित्रहरू सुलभ मूल्यमा बिक्री पनि भइरहेको जानकारी छ। उल्लेखनीय छ, सम्मानित कार्यक्रममा वरिष्ठ साहित्यकार लोक थापा, श्याम राई , कर्ण सुन्दास, एनडीएल योञ्जन, सीके छेत्री, अनिता प्रधान, राजु पाण्डे, एस पी प्रधान आदिको व्यापक उपस्थिति रहेको थियो भने कार्यक्रम सेन्ट मेरिज विद्यालय भवनमा सम्पन्न भएको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त