‘हाम्रो गाउँ हाम्रो समाधान’को द्वारे सरकार शिविर

Share this news

पश्चिम बंगाल सरकारको ‘हाम्रो गाउँ हाम्रो समाधान’ अन्तर्गत द्वारे सरकारको शिविर खरसाङ नगरपालिका क्षेत्रको लागि बिहीबार आयोजन गरिएको थियो। उक्त शिविर खरसाङको नगरपालिकाको‌ वार्ड नम्बर 4 मा रहेको मध्य डुमारामको त्रिशुली संघ भवनमा सम्पन्न भएको थियो। शिविरमा खरसाङ महकुमा शासक आइएएस बिन्दाबासिनी तेजा दिपक लगायत अन्य अधिकारीहरु उपस्थित रहेका थिए।‌ यस शिविरमा पछिबाट क्षेत्रीय सभासद श्याम शेर्पाले पनि “हाम्रो गाउँ, हाम्रो समाधान” क्याम्पको भ्रमण निरीक्षण गरेका थिए। “हाम्रो गाउँ, हाम्रो समाधान” अन्तर्गत पश्चिम बंगाल सरकारले प्रत्येक बुथलाई 10 लाख रुपियाँको अनुदान राशि प्रदान गर्ने गरेको छ, जसबाट गाउँको विभिन्न समस्याहरु समाधान हुने लक्ष्य राखिएको छ। यो शिविरमा खरसाङ नगरपालिका क्षेत्रका बुथ संख्या 189, 190 र 191 लाई लिएर आयोजना गरिएको थियो। यस शिविरमा वार्डवासीहरूले आ-आफ्नो क्षेत्रमा रहेका विविध समस्याहरूबारे तत्काल रुपमा अधिकारीहरूलाई जानकारी गराएका थिए।
पश्चिम बंगालभरि गत 2 अगस्तदेखि थालिएको अनि आगामी 3 नोभेम्बरसम्म सञ्चालन हुने यो बुथ-स्तरीय शिविरमा पहाडका आम-नागरिकहरूलाई अनिवार्य रूपमा सहभागी हुन आह्वान गरिएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त