मार्गरेट्स होप‌ चियाबारीमा आगलागी हुँदा एकको मृत्यु

Share this news

टुंग सन्त मेरिज समष्टिकाे मार्गरेट्स होप‌ चियाबारीको नयाँ बस्तीमा दिवस लिम्बुको घरमा आगलागी भएर एकजनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। मङ्गलबार राति सर्ट सर्किटको कारणले उक्त आगलागी भएको बताइएको छ। काठको घरमा आगलागी हुँदा घर सबै आगोले स्वाह भएको छ। दिवस लिम्बु कामको सिलसिलामा घरदेखि बाहिर रहेका छन् भने घरमा अचानक आगलागीको समय घरमा भएको चारजनाको परिवारमा दिवस लिम्बुकी पत्नी जगिमा लिम्बु (36 वर्ष), आमा सुकमाया लिम्बु (75 वर्ष) र छोरी संस्कृति लिम्बु (15 वर्ष) ज्यान जोगाएका थिए। तर पिता नन्दकुमार लिम्बु (87 वर्ष) पूर्व सैनिक प्यारालाइजको कारणले विगत तीन वर्षदेखि ओछ्यानमा रहेका थिए र आगोको चपेटमा परेर दु:खद मृत्यु भएको बताइएको छ।‌ आमा सुकमाया लिम्बुलाई आगोमा केही चोटको लागेको र उपचारको लागि सोनादा प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको र प्राथमिक उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको जानकारी प्राप्त भएको छ। तर पिता नन्दकुमार लिम्बु भने आगोको चपेटमा परेर घटनास्थलमा नै दु:खद मृत्यु भएको छ। उनको पार्थिव शरीरलाई पोस्ट पोर्टमको लागि दार्जीलिङ पठाइएको जानकारी प्राप्त भएको छ। यस आगलागीको घटना सुन्नसाथ खरसाङबाट अग्निशमन विभागका कर्मचारीहरु, सोनादा पुलिस आउट पोष्टको पुलिस अधिकारी घटना स्थलमा पुगेका थिए। उक्त आगलागीको घटनालाई लिएर बुधबार बिहान टुंग सन्त मेरिज समष्टिका सभासद नुरी शेर्पा घटनास्थलमा पुगेर निरीक्षण गरेर पिढीत परिवारसित भेटघाट गरेका छन्। उनले यस घटनालाई लिएर जीटीए प्रमुख अनित थापालाई जानकारी गराएको साथै सबै सरकारी अधिकारीहरुलाई पनि जानकारी गराएका छन्। यसको साथै सभासद नुरी शेर्पाले घाइते सुकमाया लिम्बुलाई आफ्नै गाडीमा खरसाङ महकुमा अस्पतालमा उपचारको लागि पठाएका छन्। उनले आवश्यक सहयोगको‌ लागि पनि पहल गरिरहेको जानकारी प्राप्त भएको छ। सभासद नुरी शेर्पासितै पञ्चायत समिति सदस्य छोगेल लामा, भागोप्रमो सांगठनिक सचिव बिपन भुजेल, सल्लाहकार दिलिप गजमेर, मार्गरेट्स होप चियाबारीको सहायक प्रबन्धक रामकुमार राई लगायत स्थानीय भागोप्रमोको प्रतिनिधिहरु उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त