बिजनबारीमा कुकुरहरूको एकदिने नसबन्दी शिविर 

Share this news

बिजनबारी, 11` जुलाई (निसं) घर पालित तथा भुस्याह कुकुरहरूलाईप लिएर बिजनबारीमा एक दिने नसबन्दी शिविरको आयोजना गरेको छ। दार्जीलिङ पुलबजार खण्ड प्राणी सम्पदा विकास विभाग, बिजनबारीको पहलमा तथा बिजनबारी पुलबजार ग्राम पञ्चायतको सहयोगमा आज भएको शिविरमा लगभग 21 भन्दा धेर घर पालित तथा भुस्याह कुकुरहरूको नसबन्दी गरिएको छ। बिजनबारी खेलमैदान स्थित सार्वजनिक भवनमा भएको शिविरमा बिजनबारी-पुलबजार ग्राम पञ्चायतका प्रधान पद्मा सुब्बाले अवलोकन गर्दै उनले भनिन्, बिजनबारी बजारमा भुस्याह कुकुरहरूको बढदो जन संख्या कारण नै मानिसहरूलाई हिडडुल गर्न धेरै जोखिमपूर्ण बनिसकेको थियोे। अब यस प्रकारको पशु जन्म नियन्त्रण तथा भुस्याह कुकुरहरूको नसबन्दी गर्नले भुस्याह कुकुरहरूको रगरगी घट्नेछ । यसका साथै भुस्याह कुकुरहरूबाट मानिसहरूमाथि हुने आक्रमणदेखि मानिसहरूले छुटकारा पाउने विश्वस्त रहेकी सुब्बाले  बताइन् ।
शिविरमा पशु आश्रय लेबुङबाट डा.रिगेल लामा अनि उनका टोलीको उपस्थिति रहेको  थिए भने दार्जीलिङ पुलबजार खण्ड प्राणी सम्पदा विकास विभाग,बिजनबारीका बीएलडीओ डा.उत्तममणि प्रधान, एमभीसी अधिकारी  डा.साङ्गे चोनी लामा, एलडीए बिष्णु भण्डारी, एमभीसी कर्मचारी आशिका सुब्बा (पाखरिङ्ग) लगायतका अन्यहरूको उपस्थिति थिए। यसरी क्षेत्रवासीको हितमा आएर शिविर गरिदिएकोमा सचिव मणिइजम सुब्बाले विभागप्रति कृतज्ञता जनाएका छन।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त