सिंगला रम्माम पुलमा लागु पदार्थसहित एकजनालाई प्रकाउ 

Share this news

सिंगला, 1 अगस्त (निसं): एक विशेष अभियानको क्रममा पुलबजार थाना अधिनस्त सिंगला आउट पोस्ट-ले लागु पदार्थको साथमा एकजना युवकलाई प्रकाउ गरेको छ। घटना अनुसार सिंगला आउटपोस्ट प्रभारी एसआई सुशान्त प्रधानको अगुवाईमा  मगलबार साझ नियमित नाका चेकिङ-को क्रममा रम्माम पुलमा सिंगलातर्फबाट सिक्किमतर्फ पैदल तर्ने क्रममा एक व्यक्तिलाई शंकास्पद रूपमा रोकेपछि आवस्यक तलासीको क्रममा कालो पोलेथिन भित्र लुकाएर राखेको 20 पुडिया प्रतिबन्धित ब्राउन सुगर तथा 125 खुल्ला प्रतिबन्धित लागू औषध फेला परेपछि उक्त व्यक्तिलाई प्रमाणसहित प्रकाउ गरेको प्रशासन पक्षले जनाएको छ। प्रकाउ पर्ने व्यक्ति स्थानीय सिंगला बजार निवासी 34 वर्षीय अमित छेत्री रहेको प्रशासन पक्षले जनाएको छ भने उनले उक्त प्रतिबन्धित समाग्रीलाई जोरथाङ बेच्न लगिरहेको प्रारम्भिक रिपोर्टमा खुलेको छ। यसका साथमा उनीमाथि आवश्यक छानबिन पुरा गरि आवस्यक धारा अनुरुप कार्वाही शुरु गरिसकेको तथा मंगलबार बेलुकी नै पुलबजार थाना ल्याइएको तथा आज बुधबार दार्जिलिङ कोटसामु सामु हाजिर गरिसकेको समेत प्रशासन पक्षले जनाएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त