soil in Tingling Limbudhura affected area.

टिङलिङ लिम्बूधुरा पैह्रो ग्रस्त क्षेत्रमा माटो फ्याकिएकोमा आपत्ति ।

Share this news

मिरिक 30 जून ( निसं): टिङलिङ चियाबारी लिम्बूधुरा गाउँ भन्ने बितिकै १ जुलाई २०१५ मा भिषण पैह्रोको चपेटामा परि १९ जनाले ज्यान गुमाएको घटना ताजा गराँउदछ। सोही स्थान जहाँ पैह्रोको शुरुआत भएको थियो त्यस ठाउँमा नै प्वाले धुरा गाउँका एक सदस्यले सडकमा घर निर्माण गर्दा कटिङ गरेको माटोलाई सोही स्थानमा फ्याकिएको घटनाले स्थिति तनावपूर्ण रह्यो ।लिम्बुधुरा गाउँ समाजले तत्काल कार्वाहीका लागि प्वालेधुरा गाउँ समाजलाई पत्रचार गरि पैह्रो गएको ठाउँमा फेरि कसरी माटो फ्याक्ने काम भयो भन्दै गाउँ समाजले स्थलगत निरीक्षण गरि यस कार्यलाई रोक्नुपर्ने अनि फ्याकिएको माटोलाई त्यस ठाउँ बाट हटाउनुपर्ने माग गरेको छ।दुईवटा समाजका प्रतिनिधि अनि परिवार पक्ष सौरेनी ग्राम पञ्चायत एक संसद १० का पञ्चायत सदस्य सञ्जय ढकाल,संसद ११का  पञ्चायत सदस्य तारा थापा कमानका प्रबन्धक माझमा केही बेर सम्म बातचित चलेपछि स्थिति साम्य बनेको छ।यस् विषयमा पञ्चायत सदस्य सञ्जय ढकालले भने जुन प्रकारले पैह्रो ग्रस्त इलाकामा माटो फ्याकिएको छ यो सरासर अवैध हो।यसरी तल गाउँ छ माथि बाट माटो फ्याक्नु त्यसै पनि नहुनु पर्नेे हो ।परिवार पक्षले समय मागेका छन्।केही दिनमा नै त्यस ठाउँ बाट माटो हटाउने छौँ भनी वचन दिएका छन्।हामी समय दिएका छौँ ।यदी यस् कार्यमा अनदेखा गरे कार्वाहीका लागी अघिल्लो पदछेप लिने छौ भनेका छन्।यसै विषयमा प्वाले धुरा गाउँ समाजका अध्यक्ष भिम परियार अनि सचिव बल्लभ अधिकारीले लिम्बुधुरा गाउँ समाजले उठाउनुभएको पदछेप उचित हो भन्दै पैह्रो गएको ठाउँमा नै माटो माटो फ्याकेर जुन काम गरे त्यो सरासर गलत हो भन्दै हामीले लिम्बूधुरा समाजबाट पत्र पाएका छौ हामीले गर्नुपर्ने कार्य गर्नेछौं ।हामीले गाउँलाई कुनै प्रकारको असर नहुने गरि काम गरिदिन छौ वचन दिएका छौ भनेका छन्।यता लिम्बू धुरा गाउँ गाउँ समाजका अध्यक्ष राजु छेत्री सचिव विगेन थापाले हाम्रो गाउँमा वर्ष २०१५  ,१ जुलाईमा गएको भिषण पैह्रोले १९ जनाको ज्यान गएको छ।तीन जनाको शव आज सम्म पाउन सकिएको छैन ।यसतो दुखलाग्दो कहालीलाग्दो दिनको समझना अझै पनि आलो छ भने फेरि सोही स्थानमा कसरी माटो काटेर हाल्ने काम गरे।प्वालेधुरा गाउँका अम्वेश अधिकारीले भन्दै हामीलाई माटो सफा गरेर तोकिएको दिन भित्रमा सुचना गर्ने वचन पाएका छौ भनेका छन्।यस्तो लापरबाही रुपमा जमिन काटेर माटो सडक किनारमा कसरी फ्याक्ने हिम्मत गरे भन्दै गाउँ समाज प्रबन्धक पक्ष अनि परिवारलाई जनाएका छौ।जतिसक्दो चाडैं माटो सफा गरिएको हुनुपर्छ भन्दै समाज र परिवारलाई समयसिमा दिएको बताएका छन्।उनले घर बनाउन  सक्छन् ।माटोलाई सही ठाउँमा व्यवस्थापन गरिएको हुनुपर्ने हामीले माग गरेकन छौँ भनी बताएका छन्।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त