भारतीय नेपाली (गोर्खा) सार्की समाजको 2030 सम्म नयाँ कमिटी गठन 

Share this news

दार्जीलिङ, 22 जुलाई (निसं): भारतीय नेपाली (गोर्खा) सार्की समाज, दार्जीलिङको अर्धवार्षिक सभा समाजको केन्द्रीय कार्यालयमा सम्पन्न भयो। सभामा दार्जीलिङ महकुमा अन्तर्गत विभिन्न क्षेत्रका संयोजकहरू, कार्यकारिणी समितिका सदस्यहरू तथा केन्द्रीय समिति अध्यक्ष तथा महासचिवको उपस्थिति रहेको थियो भनी भारतीय नेपाली (गोर्खा) सार्की समाज,दार्जीलिङ महकुमा समिति महासचिव गौरव सार्कीले बताएका छन्।
अध्यक्ष गौरव सार्कीले बताए अनुसार, सभाको अध्यक्षता केन्द्रिय समितिको अध्यक्ष कृष्ण बर्मे थिए भने सभाको संचालन महकुमा सचिव गौरव सार्कीद्वारा गरिएको थियो।सभामा साल 2025 -मा समाप्त हुने वर्तमान केन्द्रीय समिति, दार्जीलिङ कार्यकारी सदस्यहरूको पाँच वर्षे कार्यकाललाई ध्यानमा राखी, सर्वसम्मत प्रस्तावद्वारा वर्तमान कार्यकारी समिति अध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत सम्पूर्ण सदस्यहरूलाई आगामी 5 वर्ष 2030 सम्मका लागि निरन्तर कायम राखिने प्रस्ताव ग्रहण गरियो।सभामा महत्वपूर्ण मनोनयन गरिए अनुसार, सुबंकर बर्मे (सार्की)-लाई भारतीय नेपाली गोर्खा सार्की समाज केन्द्रीय समिति, दार्जीलिङको सचिव पदमा मनोनयन गरियो। यसरी नै ममता रोका (सार्की), जो पहिले सह-कोषाध्यक्ष थिइन्, अब उनलाई  भारतीय नेपाली गोर्खा सार्की समाज केन्द्रीय समिति, दार्जीलिङको कोषाध्यक्ष पदमा मनोनित गरियो।पदाधिकारी सदस्यहरू मधुकर सार्की, दल बहादुर सार्की, हर्क मान सार्की लगायत अन्य छन्।दार्जीलिङका विभिन्न क्षेत्रका संयोजकहरूमा गोपाल सार्की (पान्दाम लिम्बु बस्ती शाखा),बिर्जु सार्क(जवाहर बस्ती नम्बर-1 र नम्बर-2),श्रीमती सुजाता सार्की (फ्राइमल गाउँ, सिंहमारी),सरिता सार्की अनि विकास सार्की (बदमताम लेबोङ), विनोद सार्की (तकभर केराबारी), एसबी.सार्की (बडा काक झोडा),सञ्जय सार्की(लासा भिल्ला),सुबङ्कर बर्मे (सार्की) (मंगलपुरी ग्राम), ममता रोका सार्की(हरिजन ब्यारेक्स) लगायतका क्षेत्रीय संयोजकहरू साथै अन्य सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।सभाको मुख्य उद्देश्य सार्की समुदायको सामाजिक उत्थान, युवाहरूको सशक्तिकरण, तथा सांस्कृतिक र साहित्यिक प्रवर्द्धनमा केन्द्रित रह्यो भनी  भारतीय नेपाली (गोर्खा) सार्की समाज,दार्जीलिङ महकुमा समिति महासचिव गौरव सार्कीले बताएका छन्।
उनले अझ बताए अनुसार, सभा समापनमा वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अध्यक्ष  कृष्ण बर्मे सार्की र महासचिव  सबित्री सार्कीको नेतृत्वलाई आगामी 2030 सालसम्मका लागि सर्वसम्मत रूपमा निरन्तरता दिने भनि भारतीय नेपाली (गोर्खा) सार्की समाज महकुमा समिति, दार्जीलिङका अध्यक्ष अनि महासचिव लगायत कार्यकारी सदस्यहरूले साथै सभामा उपस्थिति केन्द्रीय समितिका सदस्यहरू प्रस्ताव गरियो।
उनले भने, सभा सकारात्मक वातावरणमा सम्पन्न भएको थियो र भविष्यमा अझ मजबुत र एकतावद्ध समाज निर्माण गर्ने प्रतिबद्धता पुनः दोहोर्याइएको कुरा
भारतीय नेपाली (गोर्खा) सार्की समाज,दार्जीलिङ
महकुमा समिति महासचिव गौरव सार्कीले बताएका छन्।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त