आन्दोलनको नकारात्मक असर रेशम किरा पालनमा

Share this news

दार्जीलिङ,21 जुन(निसं) : पुलबजार नजीक रेशम किरा पालन केन्द्र  1976 सालमा स्थापित भएको हो।सत्तरको दशकतिर यस क्षेत्रमा रेशम किरा पालन बृहत रूपमा गरिन्थ्यो। जुन कृषकहरुको आर्थिक सुधारको निम्ति एउटा दह्रो र सजिलो उद्योग पनि हो। तत्कालीन कृषकहरुको विशेष आर्थिक हितको निम्ति सरकारले रेशम किरा पालन केन्द्र स्थापित गरेको जनाउँछन् केन्द्रका प्रभारी हर्क छेत्रीले। सन् 1985 सालसम्म रेशम किरा पालन विशेष बस्ती क्षेत्रमा बृहत रूपमा गरिएको प्रभारी छेत्रीले जानकारी दिँदै जब पहाड़मा हुने पटक-पटक आन्दोलनले रेशम खेतीमा नकारात्मक प्रभाव परेको छेत्रीले अवगत गराए। अहिले पुनः यसको खेतीमा उन्नति हुँदै गईरहेको पनि उनले जनाए। रेशम किरा पालन

छिटो र सजिलोसँग आयस्रोत हुने किसिमको खेती भएपनि यसको निम्ति नियमित र अनुशासित ढंगमा कतिपय कार्यहरु गर्नु पर्ने हुन्छ जहाँ कुनै कुराको कमी तथा कमजोरी भए त्यसले सबै परिश्रम बिगारिदिन्छ प्रभारी छेत्री बताउँछन्। आन्दोलनमा यस्तै कुराहरूको कमी कमजोरी भएको कारणले रेशम किरा पालनमा नकारात्मक प्रभाव परेको पनि उनले जनाए। अहिले पुलबजार नजीक रहेको केन्द्रबाट पहिलो 94 किलो अनि क्षेत्रका कृषकहरु देखि 109 किलो कोकिन उत्पादन भएको पनि उनले जानकारी दिए। यस सँगै पहाड़मा उत्पादन गरिने कोकिन-को स्तर धेरै असल भएकोले धागोको निम्ति नभएर सिडको लगिने गरेको पनि उनले बताए। अहिले पहाड़को कोकिन-को मूल्य 8 सय रुपियाँ देखि लिएर 12 सय रूपियाँ रहेको उनको भनाई छ। यस क्षेत्रमा अहिले रेलिङ, कोल्बुङ र पुलबजार केन्द्र अन्तर्गत धेरै कृषकहरुले उत्साहित भएर खेती गरिरहेको पनि जनाए। पुलबजार केन्द्र अधिनस्थ 17 ऐकर जमीनमा किम्बुको परिपक्व विरुवा अनि 9 ऐकर जमीनमा न्यू प्लान्टेशन गरिएको उनले जानकारी दिए। यो रेशम किरा पालन कमान बस्ती क्षेत्रका वासिन्दा जो कोहीले पनि गर्न सकिने जनाउँदै विभागले निःशुल्क रूपमा सम्पूर्ण सहयोग गर्ने उनले थप बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त