नव प्रभात संघको आफ्नो गाउँ हरियाली बनाउ कार्यक्रम

Share this news

मजुवा, 14 जुलाई(निसं): नव प्रभात संघले आफ्नो गाउँ हरियाली बनाउ कार्यक्रम सम्पन्न गरेको छ। दार्जीलिङ-पुलबजार खण्डको मजुवा ग्राम अन्तर्गत लोवर आरूबोटे नव प्रभात संघले आफ्नो गाँउ हरियाली बनाउ कार्यक्रममा बाटोको किनारमा फूलहरूको विरूवा लगाएको छ। जसमा सयपत्री, गुराँस अनि इञ्जिलीया सहित अन्य फूलहरू् लगभग 12 सय भन्दा धेर फूलको बोटहरू रोपण गरिएको संघका मुलसचिव दिपेन सुब्बाले जनाए। सयपत्री, मखमली फूलहरू हाम्रो पारम्परिक जातीय फूल रहेकोले यसलाई संरक्षण गर्नु पर्ने अथवा हाम्रा नानीहरूलाई यी फूलहरू सम्बन्धमा जनाउन पर्ने स्थानिय दिलन सुब्बाले बताए। नव प्रभात संघ सभापति सुरज सुब्बा, मुलसचिव दिपेन सुब्बा तथा नव प्रभात संगको नेतृत्वमा सम्पन्न आफ्नो गाउँ हरियाली बनाउ कार्यक्रममा 12 सयवटा विरूवाहरूले लगभग दुई किलोमिटर बाटोको किनारामा लगाइयो भने अबोप्रान्त आफ्नो गाउँ हरियाली बनाउ कार्यक्रम प्रत्येक वर्ष गरिने नव प्रभात संघका प्रतिवद्धतालाई दिलन सुब्बाले घोषणा गरेको छ। यसरी संघद्वारा आयोजित कार्यक्रममा फूलहरूको पौधा रोपण गर्न श्रमदान दिने नव प्रभात संघका सम्पूर्ण सदस्यहरूप्रति संघका तर्फबाट आभार व्यक्त गरिएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त