40 जना बाल-बालिकाको सहभागिता संगै दुई दिवसीय समर किड्स क्याम आरम्भ

Share this news

खरसाङ, 30 जून (मोहन प्रसाद)ः सम्भवत प्रथम पटक खरसाङमा समर किड्स क्यामको आयोजन भएको छ। प्रथम चोटी मारवाड़ी युवा मञ्च खरसाङ अर्णवद्वारा आयोजित दुई दिवसीय समर किड्स क्याम 2025 को आयोजन विविध कार्यक्रम संगै सोमवारदेखि आरम्भ भएको छ। उक्त कार्यक्रम 1 जुलाईसम्म चल्ने छ। यस अवधि सोमवार खरसाङमा पत्रकारहरूसित बोल्दै वरिष्ठ मञ्चका प्रतिनिधि आयुष गुप्ताले जनाए अनुसार, मारवाड़ी युवा मञ्चद्वारा प्रथम पल्ट नानीहरूको निम्ति समर क्याम्पको आयोजन गरिएको छ। मारवाड़ी युवा मञ्चले 4 देखि 10 वर्ष आयुका बाल-बालिकाहरूलाई लिएर 30 जून देखि 1 जुलाईसम्म सफलता पूर्वक दुई दिवसीय समर क्याम्पको आयोजना गरेको छ। यस मनोरञ्जनात्मक अनि सचेतना मूलक कार्यक्रममा जम्मा 40 जना बाल-बालिकाहरूले भाग लिएका छन्, प्रथम दिनमा विभिन्न मनोरञ्जनात्मक अनि ज्ञानवर्धक गतिविधिहरूको मञ्चन भएको छ। नानीहरूले योग अनि ध्यान सत्रमा पनि भाग लिए, आर्ट एण्ड क्राफ्ट, ज़ुम्बा, नृत्य अनि गायनको आयोजन पनि भयो। विभिन्न खेलहरू अनि मनोरञ्जनात्मक गतिविधिहरूले बाल-बालिकाहरूलाई उत्साहित अनि सक्रिय बनाएको थियो। सठिक आगोको व्यवस्था बिना खाना पकाउने सत्र पनि सम्पन्न भएको थियो। जस अन्तर्गत नानीहरूले सरल, स्वस्थ नाश्ता वा खाजा बनाउन सिक्ने प्रयास गरे । पौष्टिक अनि स्वादिष्ट भोजनको पनि प्रथम दिनमा व्यवस्था गरिएको थियो। गुप्ताले थप जनाए अनुसार, 1 जुलाईको दिन आयोजन हुने कार्यक्रममा पनि ज्ञानवर्धक हुनेछन्। बाल-बालिकाहरूलाई वृक्ष रोपण कसरी गर्ने अनि त्यसको देखभाल कसरी गर्ने त्यस बारेमा पनि जनाइने छ। यस अभ्यासले ती नानीहरूलाई प्रकृतिप्रति जिम्मेवारीको भावना विकसित गर्नमा सहयोग गर्नेछ। नानीहरूलाई व्यक्तिगत सुरक्षामाथि महत्वपूर्ण मार्गदर्शन पनि गराइने छ। त्यति मात्र होइन, राम्रो स्पर्श अनि नराम्रो स्पर्श संगै अन्य आवश्यक जीवन कौशलको बारेमा पनि जानकारी दिइनेछ। मञ्चद्वारा थप जनाइए अनुसार, मारवाड़ी युवा मञ्च खरसाङ अर्णवद्वारा मञ्चको स्थापनाकाल देखिनै विभिन्न जनहित अनि सामाजिक कार्यहरू आयोजना भइरहेको छ। त्यति मात्र होइन, क्षेत्रका बाल-बालिकालाई विभिन्न पक्षबाट प्रोत्साहन गर्नु उद्देश्यले मञ्चद्वारा बाल-बालिकाहरूलाई लिएर चित्र बनाउ प्रतियोगिता आदि विभिन्न कार्यक्रमको विगतमा पनि आयोजन मञ्चले गरिएको थियो। सोमवार प्रथम दिन उक्त क्याम्प अन्तर्गत, नृत्य, योगा, मेडिटेशन, हाण्ड एण्ड क्राफ्ट क्रियाकलाप आदि कार्यक्रमको पनि मञ्चन भएको थियो। बाल-बालिकाहरूलाई यी विभिन्न विषयहरूमा तालिम अनि सचेत गराउने कार्य भइरहेको छ। ज्ञात रहोस्, मञ्चद्वारा विगतमा रक्तदान शिविर संगै अन्य विभिन्न जनहित अनि समाजिक कार्यक्रमको आयोजना भइसकेको छ भने यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ भनी आयुष गुप्ताले जनाए।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त