एमाले, कांग्रेसमा मधेशी नेताहरू दास बनेर बसेका छन् : अध्यक्ष यादव

Share this news

सिराहा — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशका कतिपय नेताहरू नै मधेशको मुक्तिको बाधक रहेको बताएका छन् । सिराहाको गोलबजारमा सोमबारदेखि सुरु भएको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मधेशलाई नश्लिय राज्यसत्ताले सधैंभरि आन्तरिक उपनिवेशमा राखेको भए पनि मधेशकै नेताहरूका कारण यसबाट मुक्ति मिल्न नसकेको उनको भनाइ छ । ‘मधेशमा आन्तरिक उपनिवेश छ,’ उनले भने, ‘तर, जसले मधेशलाई उत्पीडनमा राखेका छन्, यहाँका कतिपय नेता उनीहरूकै गुलामी गर्दैछन् ।’

सरकारले मधेश र मधेशीको अस्तित्व समाप्त पार्ने षड्यन्त्रतत नै भूमि अध्यादेश ल्याएको तर यसमा एमाले कांग्रेसमा भएका मधेशी नेताहरूले दास बनेर टुलुटुलु हेर्ने काम गरेको उनले आरोप लगाए । ‘कांग्रेस, एमालेमा भएका मधेशी नेताहरू पनि बोल्छन् भन्ने लागेको थियो,’ उनले भने, ‘तर, उनीहरू त्यहाँ दास बनेर बसेका छन् ।’ मधेशमा राज्यले ज्यादती गर्दै आएको र यहाँका सबै नेताहरू मिलेर त्यसविरुद्ध लड्नुपर्ने भएपनि ती नेताहरू आफ्नो व्यक्तिगत लाभ र स्वार्थका निम्ति एमाले कांग्रेसमा गुलामी गर्दै बसेको उनको भनाइ छ ।

यस्तै, प्रथम उपाध्यक्ष राजकिशोर यादव मुलुकमा लोकतन्त्रको नाममा दलतन्त्र र दलतन्त्रको नाममा गिरोहतन्त्र चलिरहेको बताए । जनताले लडेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याए पनि केही दलहरू यसलाई कमजोर बनाउने काममा लागेको उनको आरोप छ ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त