लायन्स क्लबद्वारा डाक्टर अनि सीएहरूलाई सम्मान जनाइयो

Share this news

खरसाङ,1 जुलाई(मोहन प्रसाद): चिकित्सक दिवसको अवसरमा मंगलवार लायन्स क्लब खरसाङद्वारा खरसाङका विभिन्न डाक्टर अथवा चिकित्सकहरूलाई खादा-माला लगाएर अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। मंगलवार चिकित्सक दिवसको अवसरमा चिकित्सकहरूलाई बधाई अनि शुभकामना क्बद्वारा व्यक्त गरिएको छ। लायन्स क्लब खरसाङका वरिष्ठ प्रतिनिधि एवं सचिव आयुष गुप्ताले जनाए अनुसार, चिकित्सक दिवसको अवसरमा खरसाङ क्षेत्रका विभिन्न डक्टरहरूलाई क्लबका प्रतिनिधिहरूले भेटवार्ता गर्दै खादा-माला लगाएर अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनएका छन्। यस अवधि खरसाङस्थित मोहपाल होटलमा उक्त दिवसको उपलक्ष्यमा आयोजित एउटा कार्यक्रममा खरसाङ महकुमा अस्पतालका एसडीएमओ अनि उपस्थित अन्य डक्टरहरूलाई क्लबको पक्षबाट सम्मान जनाइयो। कार्यक्रममा डा. एके बरुई, डा. पीयूष मुखर्जी, डा. सुधांशु, डा सौरभ बैरी, डा. विस्वास, डा. टीपी डुक्पा, डा. अनुपमा विश्‍वास अनि अन्य विभिन्न विशेषज्ञ चिकित्सकहरूलाई सम्मान जनाइयो। कार्यक्रममा लायन्स क्लब खरसाङका अध्यक्ष लायन विवेक गोयल, सचिव लायन आयुष गुप्ता साथै सम्मान कार्यक्रमका अध्यक्ष लायन आशीष अग्रवाल अनि अन्य सदस्यहरूको उपस्थित रहेको थियो । आयुष गुप्ताले थप जनाए अनुसार, आज डक्टर्स डे संगै चार्टर्ड एकाउण्टेन्ट डे पनि हो। यसैले लायन्स क्लब खरसाङद्वारा खरसाङका वरिष्ठ सीए विनोद अग्रवाललाई पनि खादा अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त