श्रमिक नेता डीकेले बोनसबारे अन्य नेताहरुलाई चेतावनी दिए

Share this news

दार्जीलिङ,10 अगस्त(निसं): चियाबगान श्रमिकहरुको पुजा बोनस सम्बन्धी इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आइजीजेएफ) श्रमिक संगठन अध्यक्ष डीके गुरुङले‌  गोर्खा जनमुक्ति मोर्चा(गोजमुमो) अध्यक्ष बिमल गुरुङलाई चेतावनी दिएका छन्।  यसपालिको बोनस बिषयलाई लिएर पहिलो बैठक डीटिए दार्जीलिङमा सम्पन्न भयो।
इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आइजीजेएफ) श्रमिक संगठन अध्यक्ष डीके गुरुङले‌ भनेका छन् ,पहिलो चोटि बसेको बोनस सम्बन्धी बैठकमा प्राय: सबै पार्टीको श्रमिक संगठनको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।यधपि बोनस सम्बन्धी बसेको पहिलो बैठकको कुनै निष्कर्ष भने निस्किन सकिएन।बैठककको समाप्ति पश्चात इण्डियन गोर्खा जनशक्ति फ्रन्ट श्रमिक संगठनको तर्फबाट उक्त सभामा उपस्थित भएको संगठनको अध्यक्ष डीके गुरुङले भनेका छन् , यसचोटि 20 प्रतिशत भन्दा एक प्रतिशत कममा पनि नमान्ने आइजीजेएफ पार्टीको अडान रहेको स्पष्ट पारे। उनले अघि बताए, चियाबगानको श्रमिकहरुको  हक र अधिकारको कुरा उठ्दा जहिल्यै पनि असमानताको सामना गर्न पर्ने  जहिल्यै पनि संघर्ष गर्नु पर्ने स्थिति रहेको बताउँदै  उनले भने कि यस पटक‌चियाबगान श्रमिकहरुलाई 20 प्रतिशतको दरले बोनस दिलाउनको निम्ति हामी संघर्षको अन्तिम बिन्दु सम्म पुग्न तयार छौ।

श्रमिकहरुको निम्ति हामी ‌सडक आन्दोलन देखि भोक हडताल गर्न सम्म यसपटक पछि पर्ने छैनौ।हामी सदेव चियाबगान श्रमिकहरुको हित र उनीहरुको अधिकारको निम्ति  कार्य गर्ने गर्छौ।तथापि कतिपय नेताहरू जो श्रमिक हितमा नभई मालिक पक्षको हितमा उभिने गर्छ ।जसको कारण हामीले गरेको अथक संघर्ष र परिश्रम हाम्रैहरुले गर्दा माटोमा मिल्छ। उनले नाम नलिइ  भने  पोहोर सालको बोनस वैठकमा  सबै श्रमिक संगठनको नेताहरु एक भएर मालिक पक्षसंग लडिरहेको बेला एउटा नेताले अचानक आएर मालिक पक्ष लिँदै 16- प्रतिशत भनेपछि त्यो संघर्ष बिफल बनेको थियो।त्यसपछि पनि उनले फस्ट फ्लस टिप्नु अघि मालिक पक्षले  आगामी बोनसको छिनाफाना भएको हुनुपर्छ भनेर हामी सबै श्रमिक संगठनहरुले मालिक पक्ष संग दबाव सृजना गर्ने माहौल बनाएका थियो । उनले अझ भने, तर त्यो समय पनि त्यै नेताले अघि आएर  मालिकको पक्ष लिदै  फस्ट फ्लस टिप्नु नदिए मालिक पक्षलाई ठुलो नोक्सानी हुने बताउदै जबरन उनले श्रमिकहरुलाई फस्ट फ्लस टिप्नुको निम्ति मानसिक दबावको सृजना गरेका थिए।डीके गुरुङले चेतावानी दिँदै भने खबरदार यसपालि यस्ता मालिक पक्षको प्यारो नेताहरुले  बिचमा आएर हाम्रो संघर्ष माथि पानी नफेरिदिउन। अन्तमा गुरुङले भने यस पटक हामी कुनै नेताको कुरा सुन्ने छैनौ समर्थन गर्ने पनि छैनौ  हामी यसपालिको बोनस 20 प्रतिशत अनि पोहरको रहल 4 प्रतिशतको बोनसको निम्ति सडक आन्दोलन सम्म निस्किन तयार छौ।



Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त