खरसाङ सुपर लीग 2025 बुधवारको खेल घुम्ती एफसीले जित्यो

Share this news

खरसाङ, 16 जुलाई (निसं): खरसाङ फुबल एसोसिएशन अनि जीटीएको युवा एवं खेल मामिला विभागको संयुक्त तत्वावधानमा आयोजना भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको एघारौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा रहेको गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको बुधवार एघारौँ दिनको खेल च्याम्पियन डिभिजन अन्तर्गत महानदीको घुम्ती एफसी अनि सन्तमेरिज एफसीमाझ सम्पन्न भयो। यस खेलमा घुम्ती एफसीका खेलाड़ीहरूले खेलको आरम्भदेखि अन्तसम्म आफ्नो दबाव बनाइराख्न सफल बने, फलस्वरुप घुम्ती एफसीका खेलाड़ीहरूले 7 गोल गरे भने सन्तमेरिज एफसीका खेलाड़ीहरूले 1 गोल मात्र गर्न सके। यस प्रकार यो खेल घुम्ती एफसीले 1 गोलको विरुद्ध 7 गोलले जितेको छ। बुधवारको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू प्रमोद प्रधान, नितेश देवान, रेबिका प्रधानले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त