
खरसाङ युनाइटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीद्वारा जनचेतना कार्यक्रम
आजको रोजाइ
आजको रोजाइ
●व्यापार

●राजनीति

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने
Paru Dewan
August 19, 2025
●अन्तर्राष्ट्रिय

शरणार्थी शिविरमा जन्मेकी शाब्य विष्ट बनिन् पाइलट
Paru Dewan
August 14, 2025
(निसं): धार्मिक अल्पसङख्यकहरूको निम्ति खरसाङ युनाईटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीको आयोजनामा यहाँको गोर्खा जन पुस्तकालय भवनको प्रेक्षागृहमा सरकारद्वारा प्रदान गरिने विभिन्न योजनाहरू र सहुलियतहरू बारेमा जानकारी प्रदान गर्न जनचेतन कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा माइनोरेटी सोसाइटीद्वारा आमन्त्रित धार्मिक अल्पसङख्यक ईसाई, मुस्लिम, बौद्ध धर्मावलम्बीहरूको बाक्लो उपस्थिती रहेको थियो । सोसाइटीका उपाध्यक्ष पास्टर तिरस राईको अध्यक्षतामा सम्पन्न यस जनचेतना कार्यक्रममा खरसाङ महकुमा शासक कार्यलयका अल्पसंख्यक कल्याण विभागका अधिकारी एच हुस्सेनले सरकारद्वारा प्रदान गरिने विभिन्न योजनाहरू विषय जानकारी गराए। विद्यार्थीहरूलाई प्रदान गरिने विभिन्न छात्रवृत्ति अनि उच्च शिक्षा हासिल गर्नको निम्ति विद्यार्थीहरूलाई प्रदान गरिने ऋणको विषयमा हुसेनले विस्तृत जानकारी दिए। धार्मिक अल्पसंख्यकहरूको निम्ति सार्वजनिक भवन निर्माण, कबरस्थानको सुन्दरीकरण अनि अन्यान्य कार्यमा सरकारद्वारा प्रदान गरिने विभिन्न सहुलियतहरू विषयमा पनि अधिकारीले जानकारी गराए। कार्यक्रममा अन्तरक्रियात्मक कार्यक्रम पनि सम्पन्न गरियो। जसमा अल्पसंख्यक विभागका अधिकारी हुसेनले कार्यक्रममा उपस्थित सदस्यहरूको प्रश्नहरूको उत्तर दिदै धार्मिक अल्पसंख्यकहरूको निम्ति सरकारद्वारा प्राप्त विभिन्न महत्वपूर्ण विषयमा जानकारी दिए। एल्डर निर्णय लेप्चाद्वारा स्वागत भाषण राखिएको यस कार्यक्रम एल्डर ज्योतिको प्रारम्भिक प्रर्थनाबाट आरम्भ गरिएको थियो। कार्यक्रममा सन्त अलफन्सस प्राथमिक पाठशालाका प्रधान अध्यापक फादर रोशन, भोटिया संगठनका उपाध्यक्ष पेम्बा भोटिया, सुकुना सालबारी युनाइटेड़ क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाटीका मुख्य सचिव रोशन डी लामा, सुकिया पोखरेबुङ माइनोरिटी वेलफेयर सोसाटीका कार्यकारणी समिति सदस्य पास्टर लुईस अनि खरसाङ मुस्लिम समुदायका सभापति फिरोज अखतर उर्फ बबलु अनि सोसाइटीका उपाध्यक्ष पास्टर तिरस राईले आफ्नो वक्तव्य राखेका थिए । खरसाङ युनाईटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीका मुख्य सचिव दिपक लेप्चाले धन्यवाद ज्ञापन गर्दै यस कार्यक्रमा सोसाइटीका कोषाध्यक्ष अरुण तामाङ, सदस्य सञ्जय छेत्री, झुमा राणा लेप्चा लगायत विभिन्न धार्मिक अल्पसंख्यक संघ-संस्थाका कार्यकारणी समिति सदस्यगण अनि सबैप्रति आभार प्रकट गरेका थिए।







