खरसाङ रेञ्चबाट एक महिना भित्रमा तीनवटा किङ कोब्रा उद्धार

Share this news

खरसाङ,21 जून (मोहन प्रसाद): खरसाङ स्थित अम्बोटे चिया बगानबाट वन विभागको खरसाङ रेञ्जका वनकर्मीहरूद्वारा शुक्रवार बेलुकी लगभग 10 फीट लामो किङ कोब्रा उद्धार गरिएको छ। खरसाङ वन विभागका खरसाङ रेञ्ज अधिकारी सम्ब्रत साधुले जनाए अनुसार शुक्रवार अमबोटे चिया बगानको एउटा घरमा किङ कोब्रा देखिएको खबर पाए पछि लगत्तै वन विभाग खरसाङ रेञ्जका वनकर्मीहरू रोशन थापा अनि सुयोक प्रधान घटना स्थलमा पुगे। घटना स्थलमा पुगेर यी वनकर्मीहरूले लगभग 10 फीट लामो किङ कोब्रालाई सफलता पूर्वक उद्धार गरे । उक्त विशाल किङ कोब्रा गाउँमा देखा परेपछि स्थानीय मानिसहरू भयभीत बनेका थिए। वन कर्मीहरूद्वारा उक्त कोबरालाई उद्धार गरेपछि स्थानीयहरूले राहत सास फेरेका छन्। उद्धार गरिएको कोब्रालाई पछि एउटा जंगलमा सुरक्षित छोडिएको छ। साधुले थप जनाए अनुसार, खरसाङ रेञ्ज अन्तर्गत एक महिना भित्रमा यो तेस्रो पल्ट विशाल किङ कोबरा उद्धार गरिएको हो। एक वर्ष भित्रमा 10 वटा यस्ता विभिन्न किङ कोब्रा खरसाङ रेञ्जको विभिन्न स्थानबाट उद्धार गरिएको छ। तिनले यो पनि जनाए कि जुन प्रकारले जलवायु परिवर्तन भइरहेको छ, मधेश क्षेत्रमा वर्तमानमा अधिक गरम भइरहेको छ। यसैले किङ कोब्राहरू मधेशबाट पहाड़तिर आइरहेका छन्। तिनले कुनै पनि स्थानमा किङ कोब्रा देखिएको खण्डमा भयभीत नहुने, सचेत रहने अनि यसको जानकारी तुरुन्तै वन विभागलाई दिने पनि अपिल गरेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त