गाड़ीधुरा नवदीप परिवारद्वारा कमल छेत्रीको निधनमा शोक पालन

Share this news

पंखाबारी,7 जुलाई(निसं): गाड़ीधुरा नवदीप परिवारका वरिष्ट सदस्य तथा भूतपूर्व कोषाध्यक्ष कमल छेत्रीको निधन भएको छ। उनको निधनमा गाड़ीधुरा नवदीप परिवारले शोक पालन गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ औ शोक सन्तप्त परिवारप्रति सम्वेदना व्यक्त गरेको छ। परिवारको पक्षबाट अनुप रामुदामुले जनाए अनुसार स्वर्गीय कमल छेत्री गाड़ीधुरा नवदीप परिवारको एक वरिष्ट एवं सक्रिय सदस्य थिए। उनी सदैव क्लबको निम्ति अघि आएर कार्य गर्ने व्यक्ति थिए औ सक्रिय सामाजिक कार्यकर्ता थिए भन्दै उनको निधनले गाड़ीधुरा नवदीप परिवारले मात्र नभएर सम्पूर्ण गाड़ीधुराले नै एक असल अनि सक्रिय सामाजिक कार्यकर्ता गुमाएको छ। तिनले विशेषगरी छेत्रीको निधनले गाड़ीधुरा नवदीप परिवारमा शून्यता छाएको छ भनी बताएका छन्। अर्कोतिर गाड़ीधुरा नवदीप परिवारका अध्यक्ष गोविन्द छेत्रीले पनि कमल छेत्रीको निधनले परिवारलाई अपूरणीय क्षति भएको बताएका छन्। तिनले स्वर्गीय छेत्री क्लबको कुनै पनि कार्यमा पछि नहट्ने व्यक्ति रहेको तथा तिनी आफ्नो तन, मन, धन दिएर खट्ने व्यक्ति थिए भन्दै उनको सदैव वैकुण्ठ वास होस भनी कामना गरेका छन्। परिवारका सचिव रोशन विश्‍वकर्माले स्वर्गीय छेत्री कम्ती बोल्थे तर सदैव क्लबको भलाइको निम्ति बोले भन्दै क्लबलाई सदैव अघि राख्न आफ्नो कार्य गरेर गए भनी बताए। गाड़ीधुरामा मेजर दुर्गा मल्लको शालिग स्थापना गर्न कमल छेत्रीको ठूलो एवम् महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै विश्‍वकर्माले गाड़ीधुरामा प्रत्येक वर्ष आयोजना हुने सार्वजनिक दुर्गा पूजामा पनि उनको ठूलो योगदान र सहयोग रहेको हुन्थ्यो भनी बताएका छन्। उनको निधनप्रति परिवार अतिनै दुःखी रहेका बताउँदै परिवार सदैव उनको कार्यलाई, उनको योगदानलाई स्मरण गर्ने सचिव विश्‍वकर्माले बताएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त