समष्टि स्तरीय 79 औं स्वतन्त्रता दिवस आयोजित

Share this news

तीनधारेको मिठाई डाँडास्थित खेल मैदानमा तीनधारे महानदी समष्टि स्तरीय 79 औं स्वतन्त्रता दिवस समारोह सम्पन्न भएको थियो।‌ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन शिक्षक समिति तीनधारे महानदी समष्टि कमिटीको‌ आयोजनामा सम्पन्न स्वतन्त्रता दिवस समारोहको अध्यक्षता आयोजक समितिको सभापति विकास प्रधानले गरेका थिए भने प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित रहेका थिए। जसले राष्ट्रिय झण्डा उत्तोलन गरेका थिए। शिक्षक समिति तीनधारे महानदी समष्टिको सचिव उत्तम छेत्रीले स्वागत सम्भाषण राखेको कार्यक्रमलाई शिक्षक सन्तोष लामाले सञ्चालन गरेका थिए। कार्यक्रममा तीनधारे महानदी समष्टिको 23 वटा प्राथमिक पाठशालाहरु र पाँचवटा विद्यालयहरु तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय, रेणुका कन्या उच्च माध्यमिक विद्यालय, सुकना उच्चतर माध्यमिक विद्यालय र ब्लु डाईमण्ड अंग्रेजी स्कूल घैयाबारीले सहभागिता जनाएका थिए। कार्यक्रममा यस वर्षको माध्यमिक र उच्च माध्यमिक परीक्षामा समष्टि टप्पर बनेका विद्यार्थीहरुलाई सम्मान जनाइएको थियो। त्यसरी नै तीनधारे महानदी समष्टिको नरबुङ‌ निवासी पिता शिक्षक डीपी प्रधानकी सुपुत्री डा. प्रगति प्रधानलाई सम्बर्द्धना जनाइएको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त