Inauguration of Land and Reform Office

भूमि एवं सुधार कार्यालयको उद्घाटन

Share this news

सार्वजनिक सेवा प्रवाहमा नयाँ अध्याय शुरू

कालेबुङ–१ ब्लकमा बुधबार नवीकरण” भूमि एवं भूमी सुधार कार्यालय (बीएल एण्ड एलआरओ) को औपचारिक उद्घाटन गरियो। यस कार्यालयको उद्घाटन कालिम्पोङ जिल्लाका जिल्ला अधिकारी बालासुब्रमण्यम टी द्वारा गरिएको हो, जसले समारोहको क्रममा रिबन काटी कार्यालयलाई सार्वजनिक प्रयोगका लागि खोले।

उद्घाटन कार्यक्रममा उच्च प्रशासनिक अधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो। जसमा एडीएम शेखर कुमार चौधरी, एडीएम समीरन मण्डल, अतिरिक्त जिल्ला अधिकारी सुदीप्त दास, एसडीओ सुमन मजुमदार, कालेबुङ–१ का बीडीओ समिरूल इस्लाम, पञ्चायत समिति सभापति ममता गुरूङ, तथा बीएल एण्ड एलआरओ अशोक पवल लगायत अन्य अधिकारीहरू सहभागी थिए।

उद्घाटन पश्चात जिल्ला अधिकारी बालासुब्रमण्यम टी लगायत सम्पूर्ण पदाधिकारीहरूले भवनको निरीक्षण गरे। उनले भने, “हामीले लामो समयदेखि यो कार्यालय सञ्चालन गर्ने योजना बनाउँदै आएका थियौं। अब जब सम्पूर्ण संरचना तयार भएको छ, हामी यसलाई जनताका लागि औपचारिक रूपमा खोल्न पाउँदा गर्व महसुस गरिरहेका छौँ।”
भवन भित्र आधुनिक मोडेल रेकर्ड रूम स्थापना गरिएको छ, जसले भू -अभिलेख व्यवस्थापनमा पारदर्शिता र कार्यक्षमतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ।

यो कार्यालयमार्फत कालेबुङ–१ ब्लकका बासिन्दाले अब सिधै स्थानीयस्तरमै सरकारी भू–सम्बन्धी सेवाहरू प्राप्त गर्न सक्नेछन्। यसमा विशेषगरी जग्गा नामसारी, अभिलेख प्रमाणीकरण, पट्टा आवेदन, तथा अन्य आवश्यक सेवा समावेश छन्।
यस कार्यालयको सञ्चालनले स्थानिय प्रशासनिक सेवा प्रवाहलाई सहज, छरितो र जनमैत्री बनाउने अपेक्षा गरिएको छ।
जिल्ला प्रशासनको यो पहलले जनताको पहुँचमा सुधार ल्याउने मात्र नभइ, शासनमा पारदर्शिता र सेवा प्रदान गर्ने प्रक्रियामा उत्तरदायित्व बढाउने विश्वास गरिएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त