घुम खासमहल ग्राम पञ्चायत कार्यालय नवनिर्मित भवनको उद्घाटन

Share this news

दार्जीलिङ, 3 जुलाई(निसं): एक कार्यक्रमको साथमा जोरबंगलो सुकिया पोखरी खण्ड अधिनस्त घुम खासमहल ग्राम पञ्चायत कार्यालयको नवनिर्मित भवनको गत बुधबार उद्घाटन गरियो। कार्यक्रममा खण्ड विकास अधिकारी आर्ध्य गुहा खण्ड पञ्चायत समिति सभापति सोनाम डोमा डुक्पा, क्षेत्रीय सभासद प्रमोस्कर ब्लोन, सुकिया-मानेभञ्ज्याङ सभासद उदय देवान लगायतको उपस्थित थियो भने उनीहरुकै बाहुलीबाट कार्यलयको नवनिर्मित भवनको उत्घाटन गरियो। यसका साथै कार्यक्रममा ग्राम पञ्चायतको स्थापना कालदेखि हालसम्म वार्ड सदस्यको रूपमा सेवा पुर्‍याउने घुम-खासमहल ग्राम अधिनस्तका सम्पुर्ण भुतपुर्व वार्ड सदस्यहरुसंगै विभिन्न क्षेत्रहरुबाट सेवा पुर्‍याउने समाजसेवीहरुलाई ग्राम पञ्चायतको पक्षबाट सम्मान समेत गरियो।औपचारिक रूपमा आयोजित कार्यक्रममा आजको दिन एतिहासिक भएको तथा ग्राम पञ्चायतको नयाँ भवनले सर्वसाधारणको असुविधालाई सहज बनाउने खण्ड पञ्चायत समिति सभापति सोनम डोमा डुक्पाले बताए भने पञ्चायत स्थापनादेखि नै सेवा पुर्‍याउने  सबैलाई यसरी सम्मान गरेकोमा आभार समेत उनले प्रकट गरिन।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त