विद्यार्थीमुखी कार्यक्रमको साथमा 90 औँ हरिभक्त कटुवाल जयन्ती

Share this news

खरसाङ, 2 जुलाई (निसं)ः असीत राई साहित्यिक मञ्च अनि ब्लुमफिल्ड महकुमा पुस्तकालयको संयुक्त आयोजनामा 90 औँ हरिभक्त कटुवाल जयन्ती पालन गरियो। ब्लुमफिल्ट महकुमा पुस्तकालय भवनमा असीत राई साहित्यिक मञ्चका अध्यक्ष ऋषि राईको अध्यक्षतामा अनि वरिष्ठ साहित्यकार कमल भण्डारीको प्रमुख आतिथ्यमा स्पन्न भएको यो कार्यक्रम अध्यक्ष, प्रमुख अतिथि, विषिष्ट अतिथि, मञ्चका सचिवको बाहुलीबाट हरिभक्त कटुवालको तस्वीरमा धुप-दीप प्रज्जवलन गरी आरम्भ गरिएको थियो। कार्यक्रममा स्वागत वक्तव्य मञ्चका सचिव दीपक ठटाल जलनले राखेका थिए। कार्यक्रममा पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थी प्रभाकर बराइली अनि रेशमा गुरुङ, स्कट मिशन कन्या उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थी सुष्मिता तिमसिना अनि सृजा राई, सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयका नियन्का छेत्री अनि रमित पंडी लेप्चाले हरिभक्त कटुवारका कविताहरू आवृत्ति गरेका थिए भने स्कट मिशन कन्या उच्चत्तर माध्यमिक विद्यालयकी छात्रा गुड़िया खातुनले कवि रहिभक्त कटुवालको साहित्यिक परिचय प्रस्तुत गरेकी थिए। कार्यक्रममा वरिष्ठ साहित्यका ग्याल्पो लामा, कवि सम्भू राईले पनि स्वरचित कविता वाचन गरेका थिए भने पदम खातीले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कमल भण्डारीले भने, आज हामी संगीत, साहित्य र जातिको सम्मानको निम्ति उपस्थित भएका छौँ। संगीत र साहित्यलाई लिएर चर्चा, चिन्तन हुन आवश्यक छ। कार्यक्रममा विद्यार्थीहरूले जुन प्रकारले कवि हरिभक्त कटुवालका कविताहरू वाचन अथवा आवृत्ति गरे यो सराहनीय छ। कतिपयको जन्म जयन्तीमा व्यक्ति परक कुरा हुन्छ कतिपयको कृति परक कुरा हुन्छ। आज विद्यार्थीहरूको कविता वाचन कृति परक देखिएको छ। हाम्रो जीवनमा कति गतिलो शिक्षा दिएका रहेछन् कविले भन्ने ती कविताहरूमा पाउँछौँ। तिनले असीत राई साहित्यिक मञ्चले असीत राईलाई सबैमा स्मरण गराउनमा जुन कार्य गरेको छ त्यो अति सराहनीय रहेको छ भनि बताए। ब्लुमफिल्ड पुस्तकालयका सचिव विनय लामाले खरसाङमा 3 वटा पुस्तकालयहरू रहेका ती मध्ये ब्लुमफिल्ट पुस्तकालय सरकारी सहयोग प्राप्त पुस्तकालय रहेको बताउदै यी पुस्तकालयहरूबाट विद्यार्थीहरूले लाभ उठाउन पर्ने, पुस्तकालयमा आएर पुस्तकहरू पढ़ेर आफ्नो ज्ञानको भण्डार बढ़ाउन पर्ने बताए। मञ्चका अध्यक्ष साथै कार्यक्रम अध्यक्ष ऋषि राईले आफ्नो वक्तव्यमा भने, बदनाम मेरा आँखाहरू (कविता-गीत संग्रह), सम्झना (गीत संग्रह), स्पष्टीकरण (कथा संग्रह), हरिभक्त कटुवालका गीतहरू (गीत संग्रह), सुधा (खण्ड काव्य) जस्ता कृति दिने हरिभक्त कटुवाल कहिल्यै मरेर जाने छैनन्। यस पल्टको हरिभक्त कटुवाल जन्म जयन्ती हामीले विद्यार्थीमुखी कार्यक्रम गरेर आयोजना गरेका छौँ। गत वर्ष हामीले 89 औँ हरिभक्त कटुवाल जयन्ती महानदी उच्च विद्यालयमा पालन गरेका थियौँ भने यो वर्ष 90 औँ जन्म जयन्ती पालन गरिरहेका छौँ। आज असम, नेपाल तिर पनि हरिभक्त कटुवाल जन्म जयन्ती पालन भइरहेको छ। कटुवालले नेपालको साझ प्रकाशनमा काम धेरै काम गरेका थिए। तिनी 44 वर्षको अल्पायुमा स्वर्गवास भएका थिए। हामीले विकास गोतामे जस्ता प्रखर साहित्यकारलाई पनि भुलेका छैनौँ। आगामी कार्यक्रम विकास गोतामेलाई लिएर आयोजना गर्नेछौँ। विद्यार्थीहरूलाई अधिक भन्दा अधिक सहभागी बनाउने प्रयास गर्नेछौँ। भाषा साहित्यको क्षेत्रमा नवपिँढ़ीलाई सहभागी बनाउनको निम्ति हामी नयाँ परिपाटीमा कार्यक्रमहरूको आयोजना गर्नेछौँ। हामी नव पिँढ़ीलाई भाषा-साहित्यको दायित्व सुम्पन चाहान्छौँ। कार्यक्रममा असीत राईकी धर्मपत्नी शान्ति राईलाई दोसल्ला-खदा अर्पण गरी स्मृति चिन्ह, फूलको गुच्छा प्रदान गरी कार्यक्रमका प्रमुख अतिथि कमल भण्डारी, गोर्खा जनपुस्तकालयका अध्यक्ष रवीन कुमार प्रधान, वरिष्ठ साहित्यकार ग्याल्पो लामा, ब्लुमफिल्ट महकुमा पुस्तकालयका सचिव विनय लामाको बाहुलीबाट सम्मान जनाइयो। कार्यक्रममा पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान अध्यापिका, ललिता भण्डारी, सन्त जोसेफ उच्चत्तर कन्या माध्यमिक विद्यालयकी शिक्षिका मिना लामा राई, स्कट मिशन कन्या उच्चत्तर माध्यमिक विद्यालयकी शिक्षिका प्रिशिलालाई पनि खदा लगाएर उपहार प्रदान गरी सम्मान जनाइयो। कार्यक्रममा गोर्खा जनपुस्तकालयका वरिष्ठ सदस्यहरू, साहित्यकार, कवि, शिक्षक-शिक्षिकाहरूको उपस्थिति रहेको थियो, कार्यक्रमलाई रचना अनाकारले सञ्चालन गरेकी थिए।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त