दार्जीलिङका पुत्र राज्यसभामा पुग्नु अत्यन्तै सुखद हो: विक्रम राई

Share this news

दार्जीलिङ,14 जुलाई(निसं): पुर्व विदेश सचिव तथा दार्जीलिङ वेलफेयर सोसाइटी-का सस्थापक हर्षवर्धन श्रीङला राज्यसभा सदस्य रूपमा मनोनीत भएकोमा दार्जीलिङ पहाडका विभिन्न व्यक्ति विशेषले उनलाई शुभकामना व्यक्त गरे। यसै क्रममा विकरण फाउण्डेसन प्रमुख तथा सामाजिक कार्यकर्ता एवं प्राध्यापक बिक्रम राईले शुभकामना व्यक्त गरे भने दार्जीलिङको पुत्र संसदको माथिल्लो सदन राज्य सभामा पुग्नु अत्यन्तै सुखद रहेको बनेको बताए। राईले भने, पूर्व विदेश सचिव तथा भुमी पुत्र हर्षवर्धन श्रृंगलालाई राज्यसभामा मनोनित गरिएकोमा सबैको लागि गर्वको क्षण रहेको तथा कूटनीति, शासन र विश्वव्यापी मामिलामा उनको विशिष्ट सेवाले दार्जीलिङ र राष्ट्रलाई सधैं गौरव दिएको राईले बताए। यसको साथै संसदको माथिल्लो सदनमा सार्वजनिक सेवाको यो नयाँ अध्याय सुरु गर्दा साच्चै दार्जीलिङवासीले गर्व महसुस गरेको पनि राईले बताए।
स्मरण रहोस् ,  विकरण फाउण्डेसन तथा दार्जीलिङ सेवा सस्थासंग मिलेर दार्जीलिङवासीहरुको निम्ति विभिन्न कार्यहरु गर्दै आएको छ भने गत कोभिड-19 को समयमा विकरण फाउण्डेसनले डा श्रीङलाको सहयोगमा विदेश रहेका धेरै गोर्खालाई स्वादेश फर्काउन महत्त्वपूर्ण भुमिका निभाएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त