Share this news

खरसाङ, 6 जुलाई (निसं)ः पादरी गङ्गाप्रसाद प्रधान र हरिभक्त कटुवालको जन्म जयन्ती एकसाथ पालन गरिएको छ। सालबारीमा पादरी गङ्गाप्रसाद प्रधानको 174 औँ र हरिभक्त कटुवालको 90 औँ जन्म-जयन्ती संयुक्त रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमको शुभारम्भ मोनिका प्रधान र देविका मंग्रातीद्वारा दीप प्रज्वलन तथा डा. सञ्जय बान्तवा र मिलन रुचालद्वारा विभूतिद्वय पादरी र कटुवालका तस्विरमा खादार्पण गरेर गरियो। कार्यक्रममा पादरीमाथि डीएस बम्जन र डा. हेमन्त काभफ्लेले वक्तव्य राखेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन ठकुरीले कवि कटुवालद्वारा लिखित एउटा कविता पाठ गर्नका साथै कटुवालमाथि वक्तव्य पनि राखेका थिए। डा. सञ्जय बान्तवाले पनि पादरी र कटुवालमाथि आफ्नो सारपूर्ण वक्तव्य राखेका थिए। कार्यक्रममा कविता पाठको क्रममा मिलन रुचाल, ज्ञानेन्द्र खतिवड़ा, मनोज बोगटी, देविका मंग्राती, मोनिका प्रधान, लीलबहादुर सुनार, शरण ‘शरद’, राजा पुनियानी, कृष्ण प्रधान ‘अर्पण’, नरबहादुर छेत्री, मणिकुमार प्रधानले कटुवालका एक-एकओटा चयनित कविता पाठ गरे भने नोर्जाङ स्याङदेनले कटुवालमाथि एउटा स्वरचित कविता पढ़ेर सुनाएका थिए। कार्यक्रमको दोस्रो चरणमा कवि नोर्जाङ स्याङदेनको कविता सङ्ग्रह ‘कविता जस्तै कविताहरू’-को दोस्रो संस्करण विधिवत् लोकार्पित भयो। यस कार्यक्रममा कवि पूर्ण मंगर र पत्रकार उमेश परियार पनि उपस्थित रहेका थिए। जीत सुनारले धन्यवाद ज्ञापन गरेपछि कार्यक्रमको समापन गरिएको जानकारी प्राप्त भएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त