रंगीत-मजुवामा नि:शुल्क नेत्र जाँच शिविर 

Share this news

मजुवा, 31 अगस्त (निसं): रंगीत-मजुवामा नि:शुल्क नेत्र अनि स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। डा.कास्तव कार, आरबीएसके एमओ, बिजनबारी ग्रामीण अस्पतालको मुख्य उपस्थितिमा सम्पन्न आजको शिविरमा डा. इन्दरजीत सानु, अप्टोमेट्रिस्ट सिलगढी ग्रेटर लायन्स-को विषेश उपस्थितिमा आयोजना गरिएको शिविरमा धेरै आँखा रोगीहरूले आखाँ जचाउन सफल भए। जसमा 17 जनालाई नि:शुल्क आखाँ शल्यक्रियाको निम्ति चिन्हित गरिएको छ भने एकजना संस्कृति गुरूङ नामक 8 वर्षीय शिशुको आँखा जाँचपछि अनिवार्य चस्मा लगाउन पर्ने सल्लाह दिदैं उनि लगायत 50 जना आँखा रोगीहरूलाई नि:शुल्क चस्मा प्रदान गरिने भएको छ। मजुवा उपस्वास्थ्य केन्द्रको मुख्य आयोजना रंगीत मजुवा प्रतिज्ञा सार्वजनिक भवनमा सम्पन्न शिविरलाई सफल बनाउन डा. कास्तव कार,आरबीएसके एमओ बिजनबारी ग्रामीण अस्पताल, डा. इन्दरजीत सानु अप्टोमेट्रिस्ट सिलगढी ग्रेटर लायन्स,बसन गुरूङ, फार्मासिस्ट बिजनबारी ग्रामीण अस्पताल, प्रणय कुण्डु प्रयोगशाला प्राविधिक बिजनबारी ग्रामीण अस्पताल, सीएचओ विजया सिङ्ग मजुवा उपस्वास्थ्य केन्द्रको मुख्य भूमिका रहेको आजको शिविरमा 75 जना रोगीहरूले लाभ उठाए। उल्लेखित 50 जनाको चस्मा मजुवा उपस्वास्थ्य केन्द्रमा उपलब्ध गराउने छ भने आइसीडीएस,आसाकर्मिहरू मार्फत रोगीहरूको घरदैलोमा नै उक्त निशुल्क चस्मा दिइने पनि बताइएको छ। वर्षाझरी मौसममा पनि उपस्थिति दिएर आजको निशुल्क स्वास्थ्य जाँच शिविरलाई सफल बनाउनमा साथ दिनु हुने सम्पूर्ण स्वास्थ्य विभागिय डक्टर, कर्मचारीहरू लगायत आइसीडीएस, आसाकर्मीहरु संगै प्रियम राई स्वयं सेवक  प्रति मजुवा उपस्वास्थ्य केन्द्रको पक्षबाट कृतज्ञता जनाएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त