वन विभाग दार्जीलिङ डिभिजनद्वारा बनमहोत्सव सप्ताह पालन

Share this news

दार्जीलिङ,17 जुलाई(निसं): पश्चिम बंगाल वन विभाग दार्जीलिङ डिभिजन-द्वारा 150औं वन महोत्सव सप्ताह पालन गरियो। गोर्खाल्याण्ड टेरिटोरियल एड्म्निस्ट्रेसन) जीटीए अध्यक्ष अनित थापाको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रमको विशिष्ठ अतिथिहरू दार्जीलिङ जिल्लापाल प्रिति गोयल,दार्जीलिङ पुलिस एसपी प्रविण प्रकाश, एपीसीसीएफ राजेश कुमार, सीसीएफ समिर गजमेर, डीएफओ शेख फरीद लगायत अन्य विशिष्ठ अतिथिहरूको उपस्थितिमा सम्पन्न 150औं वन महोत्सव सप्ताह पालन कार्यक्रममा वन विभाग अन्तर्गत विभिन्न क्षेत्रमा कार्यरत उत्कृष्ट कर्मचारीहरूलाई प्रमाण-पत्रको साथमा स्मृति-चिन्ह प्रदान गरिएको थियो।

वन महोत्सव सम्बन्धमा बोल्दै दार्जीलिङ जिल्लापाल प्रिति गोयलले भने, वृक्षको महत्त्व किन छ? हामीले किन वृक्ष रोपन गर्न पर्ने अनि रोपिएका बृक्षहरूलाई कसरी बचाउनु पर्ने साथै पर्यावरणलाई कसरी सफा राख्नु पर्ने आदि जस्ता बिषयमा सन्देश मुलक विचार राखे। माउन्ट हर्मोन स्कूलको हलमा सम्पन्न भएको कार्यक्रममा जीटीए अध्यक्ष अनित थापाले आफ्नो विचार राख्दै भने, मेरो मनमा लागेको बन विभागका अधिकारीहरू प्रति अनुरोध छ, आउँदो कार्यक्रमदेखि कार्यक्रमको साइनबोर्डमा नेपाली भाषामा लेखिदिने निवेदन गर्दछु। नेपाली भाषा पनि मान्यता प्राप्त भाषा हो। यसैले हामी जीटीए क्षेत्रमा धेरै नेपाली भाषी बसोबासो गर्छौं। नेपालीभाषी गोर्खाहरूको ठाउँ पनि हो। विगतमा बन विभागसँग काम गर्नु धेरै गाह्रो थियोे। हामीसँग धेरै नै  मतभेद भइरहन्थो । तर अहिले जीटीए र वन विभागसँग सकारात्मक सम्बन्ध रहेको र एकै परिवार जस्तो भएको छ भनि जनाए। आजको उक्त कार्यक्रममा दार्जीलिङ एसपी प्रविण प्रकाश, सीसीएफ समिर गजमेर आदिले सम्बोधन गरे।



Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त